बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने इन्जिनीयर भन्छन् -'भौगर्भिक अवस्था मध्यम गुणस्तरको छ'
पुष्प दुलाल १३ माघ, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने देखिएको छ । जियोग्राफिक टेस्ट टनेल (सुरुङमार्फत् भौगर्भिक परीक्षण) गर्ने क्रममा भौगर्भिक अवस्था कमजोर भेटिएकाले आयोजनाको लागत बढ्ने देखिएको हो । टेस्ट टनेल निर्माण गरिरहेको हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन्सका पिरयोजना प्रबन्धक इन्जिनीयर रामचन्द्र त्रिपाठीले कमजोर भू-बनोटका कारण आयोजनाको लागत बढ्नसक्ने बताए ।
६ प्रकारमा वर्गीकरण गरी चट्टानको अध्ययन गरिरहेको उनले जानकारी दिए । त्रिपाठीका अनुसार तीन, चार, पाँच र छ वर्गका चट्टान भेटिएको र एक र दुई वर्गका चट्टान भेटिएको छैन । ‘एक र दुई वर्गको चट्टान भेटिएको भए केही कम लागतको बाँध बनाउँदा पनी हुन्थ्यो’ उनले अनलाइनखबरसँग भने -’मध्यम गुणस्तरको भौगर्भिक अवस्था भएकाले बलियो बाँध बाँध्नु पर्ने हुन्छ, जसले आयोजना निर्माणमा लागत बढाने देखिन्छ।’ उनले ९१ प्रतिशत टेस्ट टनेल निर्माण सम्पन्न भइसकेको र माघको अन्तीम सम्ममा टेस्ट टनेल खनिसक्ने उनले जानकारी दिए । परीक्षण सुरुङ निर्माणका क्रममा भेटिएको चट्टान देखाउँदै उनले भने -’६१७ मिटर सुरुङ खनिसकेका छौं, अहिलेसम्म मध्यम गुणस्तरकोचट्टान भेटिएकोछ।’ ड्रीलिङको जीम्मा पाएको इएनइएस कम्लेपनीले ६० मिटर गहिराइबाट चट्टान नीकाली भौगर्विक अवस्थाको अध्ययन गरीरहेको छ । ६०० सय मेगावाट उत्पादन क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आठ वर्षभित्र आयोजना सम्पन्न गर्दा डेढदेखि दुई खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । समितिले २०७७ फागुन १४ गते बत्ती बाल्ने घोषणा गरिसकेको छ । आयोजना तीब्र गतिमा निर्माण गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा १३ महिनाअघि समितिको गठन भएको थियो । समितिमा ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र विज्ञ सञ्चालक गरी ७ जना सञ्चालक छन् । समितिले प्रारम्भिक अध्ययनपछि ६७७ मिटर लामो परीक्षण सुरुङ खन्न हाई हिमालयलाई ठेक्का दिइएको थियो । गोर्खाको घ्याल्चोकमा दुईवटा र धादिङको नलाङ गाविसमा दुईवटा गरी चारवटा परीक्षण सुरुङहरु निर्माण भइरहेका छन् । २ सय २५ मिटर अग्लो बाँध बाँधिने भएकाले भौगर्भिक अध्ययनका लागि १३ सय मिटर लामो सुरुङ खन्नुपर्ने परामर्शदाताले सुझाब दिइसकेको छ । एक मिटर टनेल निर्माणका लागि एक लाख रुपैयाँका दरले भुक्तानी दिइने समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मी देवकोटाले अनलाइनखबरलाई बताए । ‘टेस्ट टनेल निर्माणका लागि ७ करोड रुपैयाँ खर्च भएको छ, १३ सय मिटर खन्नु पर्ने भए थप ७ करोड रूपैयाँ लगानी गर्नु पर्ने हुन्छ’ उनले भने । के गर्ने भनेर छलपफल गरीरहेको देवकोटाले बताए । नेपालको हिमालय क्षेत्र कान्छो भएकाले भौगर्भिक अवस्था कमजोर रहेको समितिका इन्जिनीयर तथा सहायक सञ्चालक रमेश स्थापितले बताए । ‘युरोप, अमेरिकाका चट्टानको तुलनामा एसिया क्षेत्र र त्यसमा पनि नेपालका चट्टान कमजोर छन्’ उनले भने -’युरोप, अमेरिकाको हिमालय क्षेत्र हाम्रोभन्दा लाखौं वर्ष पहिले बनेकाले बलियो भएको हो ।’ भौगर्भिक अवस्था कमजोर भएपनि परियोजना बनाउन मिल्ने दुबै इन्जिनीयरहरु बताउँछन् । ‘कमजोर भौगर्भिक अवस्था रहेको चीनमा सयौं परियोजनाहरु सफलतापूर्वक सम्पन्न भएका छन् भने नेपालमा बनेका परियोजनाको भौगर्भिक अवस्था पनि बूढीगण्डकीको जस्तै हो ।’ इन्जिनीयरद्धयले भने । उनीहरुका अनुसार बलियो भौगर्भिक अध्ययन भेटिएको भए ५/७ अर्ब रुपैयाँ लागत घट्ने थियो ।
Post a Comment