Header Ads

डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?

चीनमा युवाहरुले पैसा तिरेर प्रेमिका खोज्ने नौलो होइन, खासगरी नयाँ वर्षको अबसरमा । यतिबेला चीनमा नयाँ बर्ष चलिरहेको छ । अविभावक नभएका तरुनी–तन्नेरीहरुका लागि पैसा अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्य जस्तै बनेको छ । तर, हालै एक चिनियाँ धनाढ्य युवकले डेटका अनौठो बिज्ञापन गरेका छन् । झण्डै १० लाख चिनियाँ युयान अफर गरेका उनले युवतीको रुप, रुङ, आकार, हाइट, पढाई आदि बिषयमा अनेक सर्त राखेका छन् । उनको पहिलो सर्त छ, युवती भर्जिन हुनु पर्नेछ । यति मात्र होइन, २५ वर्षभन्दा कम उमेरको हुनु पर्नेछ, तौल ५० किलोभन्दा कम हुनुपर्ने छ र उचाई कम्तिमा १.६८ मिटर । यी युवाको सर्त यति मै सकिन्न् । उनको माग छ– केटीले ब्याचलर डिग्री पास गरेकै हुनुपर्छ । उनले यस्ता सर्तसहितको बिज्ञापन त्यहाँको चर्चित सामाजिक संजाल वीबोमा प्रकाशन गरेका छन् । बिज्ञापनमा उनले आफ्ना अगाडी पैसाबो बिटा राखेर तस्वीर पनि छपाएका छन् । काममा ब्यस्त भएकाले डेटिङ पार्टनर खोज्न नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् । उनले आफ्नो पहिचान नखुलाए पनि यो अफर बास्तविक रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् -

No comments

Powered by Blogger.