Header Ads

जित्ने दाबीसहित देउवाले भने- संसदीय दलको नेता मै हुन्छु बूढानीलकण्ठबाट न कोइरालालाई समर्थन, न पौडेललाई

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आफैं दावी गर्ने भएका छन् । पार्टी सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सरकारको नेतृत्वका लागि सहयोगको आग्रह गर्दा मौन बस्दै आएका देउवा संसदीय दलमा आफ्नो पक्षमा बहुमत पुग्ने देखेपछि दलका नेतामा दावी गर्ने निष्कर्षमा पुगेका हुन् ।

सकेसम्म सहमतिबाटै दलका नेता बन्ने नभए चुनावी प्रक्रियामा पनि जान तयार हुने देउवा पक्षको तयारी छ । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था छ ।
देउवाले शुक्रबार निवास बुढानीलकण्ठमा आफू पक्षीय केन्द्रीय सदस्य र नवनिर्वाचित सभासदहरुलाई बोलाएर सभापति कोइराला र उपसभापति पौडेलसँग भएको छलफबारे ब्रिफिङ गरेका थिए । कोइरालाले आफैं प्रधानमन्त्री बन्छु भनेको तथा पौडेलले आफैं संधै अन्यायमा परेकाले अब मेरो पालो भनेको सुनाउँदै देउवाले के गर्ने भनि सुझाव मागेका थिए ।
बैठकमा नेताहरुले संसदीय दलको गणितीय हिसाब गर्दै आफ्नो पक्षको बहुमत भएको निष्कर्ष निकालेका छन् । ‘सकेसम्म सहमतिकै आधारमा दलको नेता बन्न सुझाव दिएका छौं’ एक केन्द्रीय सदस्यले भने–‘सहमति हुँदैन दावी गर्नुपर्छ भनेर सुझाव दिएका छौं । संसदीय दलमा हाम्रो ५२÷५३ प्रतिशत ससभाद प्रष्ट छ, केहीले सहयोग गर्छौ पनि भनेका छन् ।’
न कोइरालालाई समर्थन, न पौडेललाई
बुढानीलकण्ठ भेलाको निष्कर्षपछि प्रधानमन्त्री बन्न कसरत गरिरहेका कोइराला र पौडेललाई धक्का लागेको छ । कोइरालाले आफूलाई सहयोग गरे कार्यवाहक सभापति दिने प्रस्ताव गरेका थिए भने पौडेलले आगामी महाधिवेशनमा सभापति बन्न सघाउने बताएका थिए ।
तर, शुक्रबार बसेको देउवापक्षको बैठकले संसदीय दलको नेतामा पौडेललाई समर्थन दिने या सभापतिलाई सघाउने भन्नेबारे कुनै निर्णय गरेन । ‘यो कार्यवाहक सभापतिको कुनै अर्थ छैन । यो विषयमा छलफल गर्न आवश्यक छैन भन्ने निष्कर्ष रह्यो’ बुढानिलकण्ठ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने–हामीले चाहीँ हाताहाती दिनुपर्ने अनि सहमति उधारो काम छैन ।’
कांग्रेस अल्मलिएको छैन : खड्का
कांग्रेसमै सरकारको नेतृत्व कसले गर्ने विवाद भइरहेकाले राजनीतिले गति लिन नसकेको हो कि भन्ने प्रश्न गर्दा बूढानीलकण्ठ बैठकमा सहभागी सहमहामन्त्री पूर्णबहादुर खड्काले भने–‘हामीबाट कुनै अलमल भएको छैन, कुनै पनि दलले संसदीय दलको नेता छानेकै छैनन्, सभासदहरुले सपथग्रहण गर्नै बाँकी छ, त्यसैले कांग्रेसमा चलेको आन्तरिक छलफलले केही बाधा गरेको छैन ।’
केन्द्रीय समिति शुक्रबार, चुनावको तयारी
तीनै नेताले संसदीय दलका नेतामा दावी गरेपछि कांग्रेसमा नेता चयनका लागि चुनाव हुने देखिन्छ । शुक्रबार दिउँसो १ बजे सभासदहरुलाई प्रमाणपत्र दिने तयारीमा रहेको कांग्रेसले अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा संसदीय दलका नेता चयनका लागि चुनाव गराउन समिति गठन गर्ने सम्भावना छ ।
घर झगडा मिलेको छैन, बाहिर छलफल
आफ्.नो पार्टीभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विाष्यमा कुरा नमिले पनि कांग्रेस नेताहरुले अन्य दलसँग छलफल तीव्र पारेका छन् । विहीबार बबरमहलस्थित शान्तिकोषको सचिवालयमा कांग्रेस नेताहरुले एमाले नेतासँग वार्ता गरेका थिए भने शुक्रबार कांग्रेस सभापतिले एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
देउवा र पौडेलको समर्थन नपाएपछि सभापति कोइराला चुनाव गर्ने मनस्थितिमा छन् । देउवाले पनि चुनावमा जाने संकेत दिएपछि संसदीय दलको नेता चयन चुनावबाट गर्ने सम्भावना बढेको नेताहरुले बताएका छन् ।

No comments

Powered by Blogger.