अफगानिस्तानमा ५ जना क्रिकेट खेलाडीको हत्या
माघ १० – अफगानिस्तानमा एक बन्दुकधारीले ५ जना क्रिकेट खेलाडीको हत्या गरेका छन् ।
लगमन प्रान्तको अलीनगर जिल्लामा मोटरसाइकलमा आएका एक बन्दुकधारीले स्थानीय क्रिकेट खेलाडीको हत्या गरेका स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
घटनाको कुनै समूहले जिम्मा लिएको छैन । प्रान्तका प्रवक्ता सर्हदी जोयोकले तालीवानले स्थानीय खेलाडीमाथि आक्रमण गरेको हुनसक्ने बताउनुभएको छ ।
तालीवानले खेलकुद र सार्वजनिक उत्सवमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । राष्ट्रपति हमिद कारजाईले विज्ञप्ती जारी गरी घटनाको भर्त्सना गर्नुभएको छ ।
Post a Comment