मलेसियामा छैटौं नेफ्टा फिल्म अवार्ड सुरु लुटको पोल्टमा दुईवटा अवार्ड
१७ माघ, काठमााडौं । छैटौं नेफ्टा फिल्म अवार्ड ०१३ शुक्रबार मलेसियामा सुरू भएको छ । नेपाली समयअनुसार विहान ११ बजेपछि नेफ्टा अवार्ड फिल्म अवार्ड शुरु भएको हो । मलेसियास्थित सेटिया सिटी कन्भेन्सन सेन्टरमा भइरहेको अवार्ड कार्यक्रममा सन् २०१३ भरी बनेका उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने कार्यक्रम छ ।
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको छैटौ नेफ्टा फिल्म अवार्डका लागि चलचित्रकर्मीको जम्बो टोली बिहीबारै मलेसिया पुगिसकेको थियो । कार्यक्रममा नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुती दिइरहेका छन् । अवार्ड कार्यक्रमा नेपालका सय बढी कलाकार, उद्योगपति र मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनसिंह बस्न्यात र त्यहाँ रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति छ । लुटको पोल्टमा दुईवटा अवार्ड केही बेरअघिसम्म घोषणा भएको अवार्डमा सन् ०१३ को सुरूवातको सुपरहिट चलचित्र लुटले दुर्इवटा विधामा अवार्ड जित्न सफल भएको छ । लुटका लागि निर्देशक निश्चल बस्नेत उत्कृष्ट स्क्रिननप्ले अवार्ड हात पारेका छ्न् । त्यसैगरी बेस्ट साउन्ड मिक्सिङमा पनि उत्तम न्यौपानेले फिल्म ‘लुट’बाट अवार्ड जित्न सफल भएका छन् । त्यसैगरी पल चलचित्रबाट कर्ण शाक्यले उत्कृष्ट कथाको विधाबाट अवार्ड हात पारेका छन् । उत्कृष्ट डाईलगका लागि फर्की आऊ ओम प्रतिकले अवार्ड जितेका छन् । त्यसैगरी सरोज पाण्डेले उत्कृष्ट मेकअप विधामा मेरो लभस्टोरीबाट अवार्ड जितेका छन् । बेस्ट कस्ट्यूमको अवार्ड ‘के यो माया हो’ फिल्मका लागि निलिमा शर्माले जितेकी छन् । बेस्ट आर्ट डाइरेक्सनको अवार्ड ‘मसान’ फिल्मबाट निर्जल श्रेष्ठले जितेका छन् । बेस्ट डान्स डाइरेक्सन विधाको अवार्ड ‘मालतीको भट्टी’ फिल्मबाट रेनशा राईले अवार्ड हात पार्न सफल भइन् । बेस्ट एडिटरतर्फ सुरेन्द्र पौडेलले लुटबाट अवार्ड जितेका छन् । बेस्ट सिनेमाटोग्राफीतर्फ मेरो लभस्टोरीबाट राजेश श्रेष्ठले अवार्ड हात पारेका छन् भने बेस्ट गीतकारको अवार्ड चलचित्र पलबाट वरिष्ठ गीतकार किरण खरेलले जितेका छन् । बेस्ट म्यूजिकको अवार्ड मायाज बार सुरेश अधिकारीले हात पारेका छन् । त्यसैगरी बेस्ट ब्याकग्राउन्ड स्कोरको अवार्ड मायाज बारबाट एलिश कार्कीले जितेका छन् ।म्यूजिक एरेन्जमेन्टमा अन्दाजबाट महाराज थापाले जितेका छन् । बेस्ट प्लेब्याक सिंगर मेलको अवार्ड राजेशपायल रार्इले मायाज बारबाट हात पार्न सफल भए ।
Post a Comment