वातावरणीय अबस्था सूचकमा नेपाल भारतभन्दा अगाडी नेपाल १३९ औं नम्बरमा, भारत १५५ औं
११ माघ, काठमाण्डौ । नेपाल वातावरणीय अवस्था सूचकमा छिमेकी भारत र पाकिस्तान र अफगानिस्तानभन्दा अगाडी देखिएको छ ।
शनिवार स्वीटजरल्याण्डको जेनेभामा सार्वजनिक ‘इन्भारोमेन्टल पर्फमेन्स इन्डेक्स(इपीआई) २०१४’अनुसार नेपाल ३७ अंकसहित १३९ नम्बरमा परेको छ ।
अध्ययनमा समावेश सय ७८ मुलुकमध्ये भारत १५५ औं नम्बरमा, पाकिस्तान १४८ औं नम्बरमा र अफगानिस्तान १७४ औं नम्बरमा परेका छन् ।
वल्र्ड इकोनोमिक फोरमको सहयोगमा यल युनिभर्सिटी र कोलम्बिया युनिभर्सिटीले यो अध्ययन गरेका हुन् । हरेक दुई बर्षमा हुने अध्ययनमा स्वास्थ्य प्रभाव, वायु प्रदुषणको अबस्था, पानी र सरसफाईं, कृषि, वन, जैविक बिबिधता र जलवायु परिवर्तन तथा उर्जा लगायतका मुद्दामा केन्द्रित रहन्छ ।
यी सूचकमध्ये वायु प्रदुषणमा नेपालको चिन्ताजनक अबस्था देखिएको छ । १७८ मुलुकमध्ये नेपालले वायुको गुणस्तरमा १७७ औं नम्बरमा परेको छ । पानीको र सरसफाईको अवस्थामा १३३ औं नम्बरमा परेको छ ।
वातावरणीय मुद्दामा नेपालको अबस्था
Post a Comment