सन्नी लियोनीको भित्री बस्त्र चोरी
पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीको भित्री बस्त्र चोरी भएको छ । ‘रागिनी एमएमएस २’ नामक सिनेमाको छायांकन सेटबाटै उनको भित्री बस्त्र चोरी भएको हो । यो सिनेमाको लागि निर्माण पक्षले सन्नी लियोनीलाई निक्कै महंगो भित्री बस्त्र खरिद गरिदिएको छ । यस्ता बस्त्रहरु विभिन्न रंगमा छन् । सन्नी आफ्नो स्किनअनुसार यस्तो पहिरन लगाउने गर्छिन् । हरर विषयवस्तु समावेश गरिएकोले पनि सन्नी यो सिनेमामा केही कामुक तथा केही डरलाग्दो भूमिकामा देखिनेछिन् । यसैले निर्माण पक्षले उनको भित्री बस्त्रको निर्माणमा कञ्जुस्याँई नगरेको हो । उनको यो बस्त्र एक चर्चित विश्वव्यापी ब्रान्डले निर्माण गरेको हो । जसको अनलाइनमार्फत् बुकिङ गरिएको थियो । छायांकनको दौरानमा उनलाई बैजनी रंगको पहिरन लगाउनुपर्ने थियो । तर एकाएक यो पहिरन हराएपछि निर्माण पक्षले महंगो रकम तिरेर नयाँ अर्डर गर्यो । सन्नीको भित्री बस्त्र चोरी भएपछि अहिले उनको पहिरनको सुरक्षा बढाइएको छ ।
Post a Comment