Header Ads

नेपालमा संसारकै ठुलो कमिलाको प्रतिमा

मोरङ्ग, माघ ३ – बिश्वमै ठुलो दाबी गरिएको कमिलाको प्रतिमा मोरंङ्गको बेलबारीस्थित बेतना सिमसारमा सोमबार एक कार्यक्रमका बिच अनाबरण गरिएको छ । नेपालको पूर्वी क्षेत्रकै नमुना पर्यटकीय सिमसारका रुपमा बिकसित हुँदै गरेको सिमसार क्षेत्रमा बुद्धि, श्रम र सामजिक एकताको प्रतिकका रुपमा रहेको कमिलाको बेलबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष योगेन्द्र सुबेदीले अनाबरण गरेका हुन् । बेतना सिमसार संरक्षण समितिका अध्यक्ष ईरान राईको परिकल्पनामा कलाकार बिक्रमश्री ले निर्माण गरेको सो प्रतिमा ७ फिट उचाई र १२ फिट लम्बाईको रहेको छ । फाईबर द्धारा निर्मित यो प्रतिमा लाई अहिलेसम्म बिश्वमा निर्माण भएकामध्ये सबैभन्दा ठुलो भएको दाबी गरिएको छ ।
 Ant Biggets

 करिब १ लाख ५० हजार रुपैयाको लागतमा निर्माण भएको सो प्रतिमाले बेतना सिमसारको थप शोभा बढाएको संरक्षण समितिका अध्यक्ष राईको भनाई छ । यस अघि सिमसारमा बिक्रमश्री ले नै निर्माण गरेका ४ ओटा सारस समेत बेतना राखिसकिएको छ । बिश्वमा दुर्लभ पशुपंक्षी र बिभिन्न जातका माछाहरु समेत रहेको सो सिमसारमा सुनकछुवा,ढकनी कछुवा,मयुरपंखी कछुवा लगायत प्राकृतिक सौन्र्दयतामा रम्न नेपाल र भारतबाट समेत दैनिक सयौ पर्यटकहरु सो क्षेत्रमा आउने गरेका छन । पछिल्लो समय निर्माण भएको कमिलाको प्रतिमाले थप पर्यटकलाई आकर्षण गर्ने र यो सामजिक एकताको प्रतिकका रुपमा समेत रहेकोले यसले थप टेवा पुरयाउने अपेक्षा बेतना सिमसार संरक्षण समितिको रहेको छ । -

No comments

Powered by Blogger.