अभ्यास खेलमा नेपाल कन्टरबरीसँग ३ विकेटले पराजित
२३ पुस, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको तयारीका क्रममा न्यूजिल्याण्डमा रहेको नेपाली क्रिकेट टोली कन्टरबरी सेलेक्सन–११ सँग ३ विकेटले पराजित भएको छ । यसअघिका दुई खेल जितेको नेपालले कन्टरबरीसँग अभ्यास खेलमा पहिलो हार व्यहोरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य कन्टरबरीले अन्तिम बलमा ७ विकेटको क्षतिमा भेट्टायो । उसका लागि किरण एबलरले सर्वाधिक ६३ रन जोडे । सागर पुनले ३ तथा शक्ति गौचनले २ विकेट लिए । सोमपाल कामी र अनिल मण्डलले १÷१ विकेट लिए ।
यसअघि सिन्देहम पार्कमा पहिले व्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ९ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । कप्तान पारस खड्कालाई आराम दिइएको खेलमा नेपालका लागि पृथु बास्कोटाले अविजित ४७ रन बनाए भने सागर पुनले ४४, महेश क्षेत्रीले ३४, ज्ञानेन्द्र मल्लले २५ रन जोडे ।

Post a Comment