Header Ads

पाकिस्तानद्वारा नेपाललाई ३१२ रनको लक्ष्य

१३ पुस, काठमाडौं । दुवर्इमा शुरू एसीसी अन्डर-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३ सय १२ रनको लक्ष्य दिएको छ।

सामि अस्लम र हसन राजाले सतक बनाएपछि पाकिस्तानले नेपाललार्इ जितका लागि कठिन चुनौति दिएको हो । नेपाली बलरहरुलाई निरिह बनाएका सामिले १०८  रन बनाउन सफल भए । त्यसैगरी अर्का ब्याट्सम्यान हसनले १०० रन बनाए । पाकिस्ताका अर्का व्याट्सम्यान जफर गोहरले अविजित ५० रन बनाएका थिए ।
पूरा  ५० ओभर खेल्दै पाकिस्तानले ६ विकेट गुमाएर ३११ रन बनाउन सफल भयो । । नेपालका लागि ललित भण्डारी र रामनरेश गिरीले दुई दुई विकेट लिन सफल भए । त्यसैगरी यज्ञमान कुमालले एक विकेट लिएका थिए ।
कठिन समूहमा परेको नेपालका लागि सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न यूएई बाहेक पाकिस्तान र भारत मध्ये एकलाई हराउनै पर्ने हुन्छ । भारत डिफेण्डिङ च्याम्पियन हो भने अघिल्लो संस्करणमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । नेपाली टोलीका ८ खेलाडीसँग अन्तराष्ट्रिय अनुभव छ भने ७ खेलाडी पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दैछन् । तिब्र बलर सोमपाल कामी राष्ट्रिय टोलीमा तानिएपछि उनको स्थानमा स्पिनर सुसन भारीलाई ल्याइएको छ ।
मलेशियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने भारत र पाकिस्तान संयुक्तरूपमा विजेता घोषित भएका थिए । एक समय उमेर समूहको क्रिकेटमा नेपालले जाइन्ट किलरको छवि बनाएको थियो । तर, अहिले राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा तय गर्दा उमेर समूह कमजोर सावित भइरहेको छ । सन् २००९ देखि नेपालले उमेर समूहका कुनै पनि प्रतियोगिता जितेको छैन ।

No comments

Powered by Blogger.