श्रीलंकाको अभ्यास खेलमा नेपाल विजयी
४ पुस, काठमाडौं । एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । बिहीबार भएको अभ्यास खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको कोल्ट्सले अन्तिम ३ बल बाँकी छँदा सबै विकेट गुमाएर २ सय २८ रन बनायो । उसका लागि शेहान फर्नान्डोले ५१ रन बनाए ।
नेपालका अगि अभिनाष कर्ण र पारस खड्काले समान ३-३ विकेट लिए भने सागर पुन र बसन्त रेग्मीको नाममा समान २-२ विकेट रहृयो ।
जवाफमा मैदान उत्रिएको नेपालले अन्तिम ३ ओभर बाँकी छँदा ६ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५८ र सुवास खकुरेलले ५६ रन बनाए । प्रदीप ऐरीले २७ रनमा अविजित रहँदा विनोद भण्डारीले २१, शरद भेसवाकरले १७, अनिल मण्डलले १३ र पारस खड्काले १२ रन बनाए । सागर पुन ६ रनमा अविजित रहे ।
Nepali Cricket Batsman Playing to Srilankan Bowler |

Post a Comment