मालेले छान्यो पाँच समानुपातिक सभासद्
११ पुस, काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा मालेले समानुपातिकतर्फका पाँचजना सभचासदहरुको ना छनोट गरेको छ । विहीबार सम्पन्न पोलिटब्युरोको बैठकले गरेको निर्णयअनुसार सीपी मैनालीको नेतृत्वमा पाँचजनाको नाम छनोट गरिएको हो । विगतमा मैनाली पत्नी नीलम खड्का समेत सभासद् बन्नुभएकाले यसपालि खड्का छनोटमा पर्नुभएन ।
नेकपा मालेका पाँच सभासदहरुमा महासचिव सीपी मैनाली मैनाली, केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र महिला संघकी केन्द्रीय सदस्य कमला विक रहनुभएको छ । त्यसैगरी मालेको बैठकले शंकर आचार्य (कपिलवस्तु) र हरिहर थापा (पर्वत) लाई पार्टीको केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ । त्यस्र्तै इन्दु झा, डा. केदारनाथ दाहाल, माधव सरकार, सुशिला पहाडी र शुकदेव यादवलाई केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा मनोनय गरिएको सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । छैटौं राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित केन्द्रीय कमिटीका १४ जना वैकल्पिक सदस्यहरुलाई वैठकले केन्द्रीय सदस्यमा बढुवा गरेको छ ।
दुई दिनसम्म चलेको बैठकले नीरबहादुर क्षेत्री, वाग्लुङ, वसन्त पाण्डे, सिन्धुपाल्चोक, शंकर बोगटी, कञ्चनपुर, राजकुमार श्रेष्ठ, गुल्मी तथा सुदीप पहाडी रौतहटलाई राष्ट्रिय परिषदमा मनोनयन गरेको छ । साथै कृष्णदास चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनित गरेको छ ।
पाँचौं पूर्ण बैठकले २३ कार्तिकमा नेकपा (माले) र समाजवादी जनता पार्टी बीच भएको पार्टी एकीकरण गरेको जनाउँदै त्यस प्रक्रियाबाट पार्टीको पोलिटब्युरोमा हिक्मतबहादुर देउबा एवम् गंगाप्रसाद चौधरी तथा केन्द्रीय कमिटीमा दशजनालाई सामेल हुने भनी गरेको निर्णयलाई अनुमोदन गरिएको मैनालीको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीमा अन्तरघात गरी निलम्बनको कारवाहीमा परेकाहरुबारे छानविन गर्न गोपालमणि गौतमको संयोजकत्वमा कपिल पोखरेल र एस.आर. तिमल्सेना सदस्य रहेको तीन सदस्य छानविन कमिटी गठन गरिएको मैनालीले जानकारी दिनुभयो
Post a Comment