२ हजार ६ सयमा आइफोन जस्तै कार्बनको मोबाइल
पछिल्लो पटक भारतीय मोबाइल ब्राण्ड कार्बनले आइफोन ५ जस्तै देखिने फोन बजारमा ल्याउँदैछ । कार्बन के १ नाम दिइएको यसको मोडल र बाहिरी स्वरुप आएफोनको जस्तै छ ।
कार्बन के १ को पछिल्लो भाग आइफोन ५ जस्तै देखिन्छ । यो टच स्क्रिनबिनाको साधारण फोन हो जसमा डबल सिम लाग्नेछ | यसमा 320 x 240 Pixels को २.४ इन्चको डिस्प्ले स्क्रिन रहेको छ | यसमा फ्लाश लाइट सहितको १.३ मेगपिक्सल क्यामरा छ भने FM Radio, Music Player, Video Player, GPRS, Bluetooth लगायतको सुबिधा छ | वाइफाई, थ्रीजी यसले सपोर्ट गर्दैन |
यसमा 1400 mAh ब्याट्री रहेको छ भने ८ जीबी सम्म स्टोरेज क्षमता रहेको छ | यो बिना टच स्क्रीनको बेसिक एन्ट्री लेवल फोन हो जसको मूल्य भारु १ हजार ६ सय ८० अर्थात नेपाली २६ सय ८८ पर्छ । तर नेपालमा यसको मूल्य र उपलब्धता बारे अधिकारिक जानकारी प्राप्त छैन |
Post a Comment