Header Ads

लिभरपुललाई हराउँदै सिटी दोस्रो स्थानमा


लिभरपुललाई हराउँदै सिटी दोस्रो स्थानमा
 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले उपाधिको दावेदारमध्येको एक लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जितपछि म्यानचेष्टर सिटी १८ खेलबाट ३८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर आर्सनलको समान खेलबाट ३९ अंक छ भने ३६ अंक जोडेको लिभरपुल चौथो स्थानमा धकेलिएको छ ।

इत्तेहाद स्टेडियममा भएको खेलमा लिभरपुलले अग्रता लिएर पनि जोगाउन सकेन । २४ औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
तर, ३१ औं मिनेटमा सिटीका कप्तान कोम्पनीले हेड गोल गर्दै बराबरी गरे । पहिलो हापको अन्तिम मिनेटमा अल्भारो नेगार्डोले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । खेलको दोस्रो हापमा दुबै टोलीले केही मौका पाएपनि सदुपयोग गर्न सकेन र म्यानचेष्टर सिटी २–१ ले विजयी भयो ।
अर्को खेलमा चेल्सीले हेजार्डको गोलको मदतमा स्वान्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि हेजार्डले २९ औं मिनेटमा गोल गरेका थिए ।

No comments

Powered by Blogger.