Header Ads

शरदको तुलना महेन्द्रसिंह धोनीसँग

१६ मंसिर, काठमाडौं । यूएईविरुद्ध पनि शानदार प्रदर्शन गरेपछि नेपाली क्रिकेटर शरद भेसवाकरलाई भारतीय कप्तान महेन्द्र सिंह धोनीसँग तुलना गरेका छन् ।

अवुधाबीबाट प्रकाशित हुने अग्रेजी पत्रिका द नेशनलले आफ्नो अनलाइन संस्करणमा लेखेको छ-’शरद भेषवाकरका लागि सचिन तेन्दुलकर सर्वकालिन हिरो भएपनि उनले एमएस धोनीको शैलीमा खेल सकाए ।’

saradअन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको समयमा क्रिजमा उनै भेषवाकर थिए । उनले लगातार छक्का हानै नेपालले ट्वान्टी-२० विश्वकप छनोटमा नेपाललाई तेस्रो बनाए ।

हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाललाई अर्को बर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकपमा पुर्‍याउने क्रममा पनि भेषवाकरको प्रदर्शन उत्कृष्ट थियो । उनले प्रतियोगिताको ३ खेलमा नेपाल कठिन अवस्थामा रहेको बेला अन्तिम ओभरमा छक्का हान्दै जीत दिलाएका छन् । केन्याविरुद्ध अन्तिम ओभरमा मात्र उनले १७ रन बनाएका थिए ।


यस्तै हङकङविरुद्ध १३ रन चाहिएको अवस्थामा उनले एक छक्का, एक चौका हान्नुका साथै अन्तिम बलमा घेरा हालेर बसेका हङकङका फिल्डरहरुलाई जिल्याउँदै एक रन जोडेर नेपाललाई विश्वकपमा पुर्‍याएका थिए ।

त्यो अवस्थामा मसँग कुनै विकल्प थिएन । अग्रपंत्तिका अरु व्याट्सम्यान आउट भइसकेका थिए । मसँग खेलको अन्तिमसम्म टिकेर खेल्नुको विकल्प थिएन र मैले त्यसै गरेँ’ शरदले भनेका छन् ।

No comments

Powered by Blogger.