सरकारले घर भत्काउन लाग्यो ? यी चिनियाँबाट सिक्नुहोस् जोगाउने तरिका !
सरकारले घर भत्काउन लाग्यो ? यी चिनियाँबाट सिक्नुहोस् जोगाउने तरिका !
सरकारले बाटो विस्तारका क्रममा घर भत्काउन थालेपछि काठमाण्डौबासीले बिभिन्न शैलीले प्रतिरोध गरे । कति रोइकराई गर्दै डोजर अगाडी सुते, कति राजनीतिक दलका नेता गुहार्न पुगे त कतिले नाराबाजी गरे ।
तर घर भत्किनबाट जोगाउने अर्को तरिका पनि छ जो नेपालीले हैन एक चिनियाँले प्रयोग गरेका छन् । घिमेकीको घरहरु भत्काएको देखेपछि हेनान प्रान्तको किंगयांगका झाउले आफ्नो घर बचाउन वरिपरी तोप गोला सेट गरेका छन ।
उनले घरको सुरक्षाका लागि राखेको तोप भने अत्याधुनिक नभई घरेलु हो । उनले ६ बटा घरेलु तोप बनाएर घर वरिपरि राखेका छन् । यस्तो एउटा तोप बनाउन करिव १ सय युआन अर्थात १० पाउन्ड खर्च लाग्ने बताइएको छ । स्थानीय प्रहरीका अनुसार उनले बनाएको तोप डमी हो र यसले कुनै कानुन उल्लंघन भएको छैन ।
स्थानीय अधिकारीहरुले भने स्थानीयबासीहरुसँग सहमति गरेर मात्र साना घरहरु भत्काएको बताएका छन् । त्यो क्षेत्रमा ३ सय ४० परिवार बस्दै आएकोमा ३४ मात्र बस्न अनुमति दिइएको छ ।
अन्यलाई भने सरकारले क्षतिपूर्तिसहित अन्य क्षेत्रमा पुनःस्थापना गर्ने बताएको छ । स्थानीयले भने सरकारले कुनै लिखित सहमति नगरी घर भत्काएको र निकै कम अर्थात ४ हजार युआन मात्रै दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
Post a Comment