सामसुङ ग्यालेक्सी नोट ३ Vs सोनी एक्सपेरिया जेड अल्ट्रा
स्मार्टफोनको विश्व बजारमा न एक बनेको दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट सेरिजको तेस्रो सक्करण यहि सेक्टेम्बरमा सार्वजनिक भएको छ । त्यसैगरी राम्रो ब्राण्डको रुपमा परिचित जापानको सोनीले एक्स्पेरिया जेड सेरिजको अल्ट्रा स्मार्टफोन पनि सन् २०१३ को सेक्टेम्बरमा नै सार्वजनिक भएको थियो । विश्वबजारमा आ आफ्नै स्थान र महत्व राखेका यि दुई कम्पनीका यि पछिल्ला स्मार्टफोनहरु नेपाली बजारमा पनि आएका छन । साधारण स्मार्टफोनभन्दा केहि ठुला स्क्रिन साइजका यि दुई स्मार्टफोनलाई फ्याब्लेट पनि भन्ने गरिन्छ । स्मार्टफोन र ट्याब्लेटको ठिमाहरुपलाई फ्याब्लेट भनेर पनि चर्चा हुने गरेको छ । यि दुई स्र्माटफोनहरुको बारेमा तुलनात्मक विशेषताहरु यसरी प्रस्तुत गरेका छौ ।
डिस्प्ले
सामसुङ ग्यालेक्सी नोट ३ को ५.७ इन्चको एएमओएलइडी क्यापासिटिभ टच स्क्रिन रहेको छ । यसको रिजोलुसन १०८० ह १९२० पिक्सल रहेको छ । सोनी एक्सपेरिया जेड अल्ट्रामा सामसुङको भन्दा ठुलो स्क्रिन रहेको छ । ६.४ इन्च स्क्रिनको एक्सपेरिया जेडको डिस्प्लेको अरु विशेषता सामसुङ सरह रहेको छ ।
बडि
डिस्प्ले
सामसुङ ग्यालेक्सी नोट ३ को ५.७ इन्चको एएमओएलइडी क्यापासिटिभ टच स्क्रिन रहेको छ । यसको रिजोलुसन १०८० ह १९२० पिक्सल रहेको छ । सोनी एक्सपेरिया जेड अल्ट्रामा सामसुङको भन्दा ठुलो स्क्रिन रहेको छ । ६.४ इन्च स्क्रिनको एक्सपेरिया जेडको डिस्प्लेको अरु विशेषता सामसुङ सरह रहेको छ ।
बडि
151.2 x 79.2 x 8.3 mm डाइमेनसन रहेको ग्यालेक्सी नोट थ्री १६८ ग्राम तौलको रहेको छ भने एक्सपेरिया जेड अल्ट्रा सामसुङभनद केहि बढि तौल र ठुलो रहेको छ । यसमा 179.4 x 92.2 x 6.5 mm डाइमेनसन र २१२ ग्रामको तौलको रहेको छ ।
अपरेटिङ सिस्टम
ग्यालेक्सी नोट थ्रीमा एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम ४.३ भर्सन (जेलिबिन) रहेको छ भने एक्सपेरिया जेड अल्ट्रामा केहि अघिल्लो भर्सन ४.२ (जेलि बिन) प्रयोग भएको छ । अपडेट भर्सनमा ग्यालेक्सी नोट थ्री अगाडी देखिन्छ ।
405429
प्रोसेसर
सामसुङ ग्यालेक्सी नोट थ्रीमा क्वाड कोर २.३ गिगाहर्ज क्रेट ४०० तथा क्वाड कोर १.९ गिगाहर्ज कोर्टेक्स ए१५ प्रयोग भएको छ भने एक्सेपेरिया जेड अल्ट्रामा क्वाडकोर २.२ गिाहर्ज क्रेट ४०० प्रोसेसर प्रयोग भएको छ ।
क्यामरा
सामसुङ ग्यालेक्सी नोट थ्रीमा १३ मेगापिक्सलको क्यामरा रहेको छ । यसले ड्युल सुट गर्न सक्न्छि भने अटो फोकस, एचडी भिडियो तथा फेस तथा स्माइल डिटेक्सन गर्नेछ । त्यसैगरी सोनी एक्स्पेरिया जेड अल्ट्रामा ८ मेगापिक्सलको क्यामरा रहेको छ । फ्रन्टमा दुबैको २ मेगापिक्सलको क्यामरा रहेको छ । सोनीमा पनि सामसुङका क्यामरामा रहेको सबै फिचरहरु रहेका छन तर सोनीको केहि कम मेगापिक्सलको क्यामरा रहेको छ ।
मेमोरी
सामसुङमा ३ जीबीको र्याम प्रयोग गरिएको छ । त्यसैगरी १६ वा ३२ जिबीको आन्तरिक मेमोरी रहेको यसमा ६४ जिबीसम्म विस्तार गर्न सकिन्छ । सोनीमा २ जीबीको र्याम प्रयोग भएको छ, जसको आन्तरिक स्टोरेज क्षमता १६ जीबीको रहेको छ ।
अन्य विशेषताहरु
सामसुङमा माइक्रो सिम प्रयोग हुन्छ, जसले फोर जी नेटवर्कमा पनि काम गर्छ । नेपालमा यसको प्रयोग नभएपनि थ्रीजी नेटवर्कमा चल्छ । ३२०० एमएएच व्याट्री रहेको नोट थ्रीमा ब्लुतुथ ४.० मा डाटा ट्रान्सफर गर्न सकिन्छ ।
सोनो एक्सपेरिया जेड अल्ट्रामा पनि माइक्रो सिम प्रयोग हुन्छ र फोर जी नेटवर्कमा पनि काम गर्छ । यसमा ३०५० एमएएच व्याट्री प्रयोग भएको छ, जसले १४ घन्टासम्म लगातार कुरा गर्न सकिन्छ ।
मुल्य
ग्यालेक्सी नोट थ्रीको नेपाली मुल्य ९१ हजार रहेको छ | सम्भबत, नेपालमा सार्बजनिक स्मार्टफोनमा यो नै अहिले सम्मको सबैभन्दा महँगो हो | त्यसैगरी सोनी येक्स्पेरिया जेड अल्ट्राको केहि कमि भए पनि मूल्य ८५ हजारको हाराहारीमा रहेको छ |अब तपाइले यी स्मार्टफोन किन्न गोजी दह्रो चाही बनाउनै पर्छ, कुन किन्ने भन्नेमा चाही फिचर तुलना गर्न सक्नुहुनेछ |
यि दुबै स्मार्टफोनहरु केहि ठुला स्क्रिनका रहेका छन । इन्टरनेट चलाउन, गेम खेल्नको लागि दुबै उत्तिकै राम्रो रहेको छ । तौलमा सामसुङ नोट थ्री केहि हलुंगो छ । औएस, र्याम, क्यामरामा पनि सामसुङ ग्यालेक्सी नोट थ्री सोनीभन्दा अघि देखिन्छ । सोनीको थप सुविधा भनेर वाटरप्रुफ रहेको छ । यसलाई पानी मुनी पनि प्रयोग गर्न सकिन्छ । सामसुङमा फेस रिकोग्नाइज्ड, फाइन्ड माई मोवाइलको अपडेटेड भर्सन पनि रहेको छ । यि विशेषता र मुल्य हेरी तपाईको आफ्नो रोजाई बनाउन सक्नुहुनेछ ।
Post a Comment