Header Ads

अब थ्रीडी प्रिन्टेड फुड खान पाइने!

सबैलाई सुन्दै अचम्म लाग्ने। अब खाना पनि मेसिनबाट आउछ रे। त्यो पनि थ्री डी प्रिन्टरमै। अब तपाईले आफूलाई खान मन लागेका चीजहरु थ्रीडीमै पाउन सक्नुहुन्छ। किनकी प्रविधीको विकास र विस्तारले गर्दा यो सबै सम्भव बनाइदिएको छ। विशेषगरी साँझको डिनरका लागि वैज्ञानिकहरुले थ्रीडी प्रिन्टर मसिनमै खाना पकाउने प्रविधीको विकास गरेका हुन।

प्रायजसो: बालबालिका लगायत सबैले मनपराउने चकलेट, क्यान्डी, पास्ता अब थ्रीडी प्रिन्टरबाटै प्रिन्ट गरेर पाउन सक्नेछन। आफुलाई मन लागेको खान खाना वा परिकारबारे मसिनलाई अर्डर गरेपछि घरमा बनाएको झै उक्त मेसिनले थ्रिडीमा प्रिन्ट गरेर तपाइलाई दिनेछ।  तपाइलेलाई मसिनले दिएको उक्त खाना घरमामा जस्तै गरी स्वादिष्ट लाग्नेछ।
वैज्ञानिकहरुका अनुसार उक्त मसिनले थ्रीडी प्रणालीबाटै अरु कम्पनीसँग खाना पकाउने सहमती गर्न समेत सक्ने बताइएको छ। यतिमात्रै नभएर उक्त थ्रीडी प्रिन्टरले कुकिङसँग सम्बन्धित अनेक नयाँ किसिमको कामहरु अर्डर बमोजिम गर्नेछ। थ्रीडी प्रिन्टर प्रविधिबाट बनाइएको मसिनलाई दिएको अर्डर बमोजिमको खाना, क्यान्डी, क्यान्डीको नयाँ आकार समेत निर्धारण गर्नेछ।

No comments

Powered by Blogger.