Header Ads

एनसेलको अनलिमिटेड इन्टरनेट प्याक

 निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले डेटाका ग्राहकहरुलाई ३० दिनै इन्टरनेट सेवा उपलब्ध गराउन ‘अनलिमिटेड इन्टरनेट प्याक’ योजना ल्याएको छ । योजना माघ २२ गतेदेखि लागु हुने कम्पनीले बताएको छ ।

 योजना अन्तर्गत एनसेलका इन्टरनेट प्रयोगकर्ताले कर बाहेक ६ सय ९९ रुपैयाँमा १ जीबी डेटा भल्युम रहेको अनलिमिटेड इन्टरनेट प्याक खरिद गरी ३० दिनसम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । अनलिमिटेड इन्टरनेट प्याक लिएका ग्राहकले प्याक रहुञ्जेल थि्रजीको गतिमा इन्टरनेट चलाउन सक्नेछन् भने प्याक सकिएपछि पनि बाँकी अवधिभर ३२ केविपिएसको गतिमा निःशुल्क इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीका अनुसार एनसेलका ग्राहकहरुले *८१७१२५३# डायल गरि यो सुविधा एक्टिभेट गर्न सक्नेछन् । अनलिमिटेड इन्टरनेटमा ठूलो भल्युमको प्याक चाहने ग्राहकहरुको लागि ५ जीबी र १० जीबीका प्याकहरु प्नि उपलब्ध गराउने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन् । यी प्याक लिनका लागी ग्राहकहरुले कर बाहेक क्रमशः एक हजार ९ सय ९९ र दुई हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो योजनाले एनसेलका ग्राहकहरुलाई प्याक सकिएपछि पनि इन्टरनेट चलाई आफ्ना आधारभूत कार्यहरु गर्न सक्ने सुविधा प्रदान गरेको कोइरालाले बताइन् । 

No comments

Powered by Blogger.