Header Ads

जापानमा हिमपातका कारण हवाई उडान रद्द


टोकियो-जापानको राजधानी टोकियोमा भएको भारी हिमपातका कारण त्यहाँ शनिबार कम्तीमा पनि ३०० उडान रद्द गरिएको समाचार छ।



त्यस्तै हिमपातका कारण टोकियोमा रहेको रेलसेवा पनि अवरुद्ध भएको छ। सडकमा हिमपात भएकोले अन्य सवारी साधन पनि गुड्न सकेका छैनन्। जापानको मौसमसम्बन्धी एजेन्सीहरुले थप हिमपातको सम्भावना रहेको भविष्यवाणी गरिरहेका छन्। जसका कारण कार्यालय तथा विद्यालयहरु पनि बन्द भएका छन्।

दुई दिनयतादेखि हिमपात बढीरहेको छ। जसका कारण कम्तीमा पनि ३८ जना नागरिक घाइते भएकमा छन्। शनिबार बिहान राजधानी टोकियोमा चार सेन्टीमिटर हिमपात भएको मापन गरिएको थियो। उक्त हिमपातको क्रम विस्तारै जापानको पूर्वी भागतर्फ गइरहेको पनि बताइएको छ।

टोकियोमा रहेका व्यवसायीहरुले आ–आफ्ना पसलबाहिर रहेको हिउको थुप्रोहरु सफा गरिरहेका दृश्यहरु विभिन्न स्थानीय टिभीहरुले पश्ाारण गरिरहकेा छन्।

टोकियोमा रहेको हानेदा विमानस्थलमा सयौँ नागरिक विमान कुरेर बसिरहेका दृश्यहरु पनि प्रशारण गरिरहेका छन्। शनिबार पनि अपरान्हमा भारी हिमपात हुनसक्ने अनुमान मौसमसम्बन्धी एजेन्सीहरुले गरिरहेका छन्। सो हिमपातपछि कम्तीमा पनि २० सेन्टीमिटरसम्म नै हिउँ जम्मा हुन सक्ने अनुमान गरिएको छ।

No comments

Powered by Blogger.