 |
टाटा जेष्ट सेडानको ड्यासबोर्ड |
भारतीय मोटर निर्माता कम्पनी टाटा मोटर्सले चार बर्षको अन्तरालमा पहिलोपटक दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ ।
अल न्यू बोल्ट ह्याचब्याक र जेष्ट सेडान कार सार्वजनिक गर्दै टाटाले इन्ट्री लेभलका सस्ता कारको प्रतिस्पर्धामा आफुलाई उभ्याएको छ । पछिल्लो बर्षमा टाटाको प्यासेन्जर कारमा आएको बिक्रिको गिरावटलाई ध्यान दिँदै टाटाले कम इन्ट्री लेभलका गाडी लन्च गरेको हो । टाटाले बुधबारदेखि सुरु हुने टाटा अटो एक्स्पो ‘हामीले नयाँ बिश्वब्यापी कार उपभोक्ताले मन पराउने गरी डिजाइनमा नयाँपन दिएका छौं’ सार्वजनिक गरिएका कारबारे जानकारी दिँदै टाटा प्यासेन्जर भेहिकलका अध्यक्ष रंजित यादवले भने । पछिल्लो समयमा भारत र नेपालका ग्राहकहरुले सानो आकारका, कम मूल्यका र थोरै इन्धन खपत गर्ने कार रुचाएका छन् ।
 |
टाटा बोल्ट ह्याचब्याक |
टाटाले ल्याएका दुवै कार आर्कषक डिजाइनमा ल्याइएका छन् । जेष्ट सेडान डिजेल र पेट्रोल दुवैमा उपलब्ध छ भने बोल्ट पेट्रोलमा मात्र । नयाँ कारमा इलेक्ट्रोनिक पावर एसिस्टेड सिस्टमसहित थुप्रै नयाँ फिचरहरु राखिएको छ । कार आगामी ६ महिनापछि भारत बाहेकका बजारमा पनि उपलब्ध हुने छ । पछिल्ला चार बर्षमा पुरानै मोडलका कारणलाई अपग्रेड गर्दै बजारमा ल्याएको टाटाले यी दुई मोडलबाट आफ्नो बजार हिस्सा बढ्ने बिश्वास लिएको छ ।
 |
टाटा जेष्ट सेडान
|
 |
टाटा बोल्ट ह्याचब्याकको ड्यासबोर्ड |
Post a Comment