Header Ads

मोवाइल किन्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुस है..

पछिल्लो समय युवायुवती होस वा गाउँघरका व्यापारी वा कलेजमा पढ्ने विद्यार्थी सबैको गाँस वास कपास सँगै प्रविधी पनि महत्वपूर्ण अनिवार्यता प्रमाणित भइसकेको छ। सूचना प्रविधीको युगमा मोवाइलको साटो स्मार्टफोन भन्न थालिएको छ। मोवाइलबाट धेरै किसिमका काम गर्न सकिनेभएकोले यसको महत्व पनि बढिरहेको छ। मोवाइलले क्यामरालाई विस्थापित गर्न सक्ने सम्भावना पनि बढेर गएको देखिदैछ।
नोकियाले लुमिया १०२० मा ४१ मेगापिक्सलको क्यामरा भएको स्मार्टफोन बजारमा ल्याउदा निक्कै चर्चा भयो। त्यसैगरी अन्य स्मार्टफोन उत्पादकहरुले पनि क्यामरालाई प्राथमिकतामा राखेर स्मार्टफोनहरु ल्याइरहेका छन । त्यसवाहेक इन्टरनेट चलाउन टु जी देखि फोर जीसम्मका सुविधाका फोनहरु छन। मोवाइलको ओएस अनुसार उपलब्ध हुने एप्सहरुको महत्व त्यतिकै छ स्मार्टफोनमा। आजभोली आफुलाई स्मार्ट देखाउन पनि स्मार्टफोन नै खोज्नेहरुको सस्था ९० प्रतिशत भन्दा कम छैन।

अतिरिक्त सेवा–सुविधालाई दोस्रो प्राथमिकतामा राखेर फगत रिसिभ र कल गर्नको लागि नयाँ मोबाइल सेट खरिद गर्न लाग्नुभएको भए तपाईंसँग मनग्ये विकल्प छन्। बजारमा १२ सयदेखि ८० हजारसम्मका सेट पाइन्छन्। कुनै मोबाइल पसलमा जानुभो भने तुरुन्त पाउनुहुन्छ भने कुनै पसलेले बाहिरबाट मगाउनुपर्छ भन्छन्। कुनै सेट रेडियोको पनि काम गर्ने खालका हुन्छन्, कुनैले टर्चलाइटको पनि काम गरिरहेको हुन्छ। उस्तै पर्दा १९ घण्टासम्म लोडसेडिङ हुने हाम्रो देशमा स्क्रिन र मेमोरी स्टोरेज राम्रो भएको मोबाइल सेटमा एउटा सिङ्गै फिल्म कपी गरेर फुर्सद्मा हेर्न सकिन्छ । गीत सुन्नु र रेडियो बजाउनु त मोबाइलको सामान्य सुविधाभित्रै पर्ने कुरा भइहाले। यस्ता सामान्य सेटहरु नोकिया, सामसुङ देखि इन्डिइन र चाइनिज सेटहरु पनि बजारमा पाइन्छन । २ हजार देखि ५ हजारको बिचमा सामान्य अरु सुविधा भएका तर फोनको लागि विशेष उपयुक्त सेटहरु प्रसस्तै पाइन्छन । सेट किन्दा वारेन्टी र त्यसका सुविधाहरु ध्यान दिनुपर्नेछ ।
खासै नाम नचलेको भारतीय ब्राण्डको दुईवटा सिम लाग्ने सेट खरिद गर्नुभयो भने तपाईंले ५ हजारदेखि माथिमा पाउन सक्नुहुन्छ । रोमिङको मामलामा सबै जसो मोबाइल सेवा प्रदायक उदार भए पनि एउटा कम्पनीको मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा अलि बढी शुल्क लाग्ने भएकोले त्यो निरन्तर हुने अनावश्यक खर्च कट्टी गर्न तपाईंले दुईवटा सिम लाग्ने मोबाइल लिनु उपयुक्त हुन्छ। हाम्रो देशमा त कभरेजको हिसाबले दुईवटा मोबाइल सेवा प्रदायक अगाडि छन् तर भारतको कुरा गर्ने हो भने यो संख्या अलि बढी छ । त्यसैले कतिपय भारतीयहरुले व्यापारिक प्रयोजनको लागि तीनवटासम्म सिम लाग्ने मोबाइल खरिद गर्न थालेका छन् । कलर्स, माइक्रोम्याक्स, कार्बन, लाभा आदिका सेटहरु पनि राम्रो चलिरहेका छन ।
मोबाइलमा तपाईंको आवश्यकता वाईफाई इन्टरनेटभन्दा अलि बढी हो भने तपाईंले कम्तीमा १६–१७ हजारभन्दा बढी खर्च गरेर अलि राम्रो ब्राण्ड भएको मोबाइल खरिद गर्नु राम्रो हुन्छ । जसमा तपाईंले गीत सुत्रेदेखि ठिक्कैको स्क्रिनमा भए पनि भिडियो हेर्न सक्नुहुन्छ । मोबाइलको अपरेटिङ सिस्टमअनुसार उपलब्ध थप केही प्रोग्राम थप्न सक्नुहुन्छ । बजारमा एन्ड्रोइड ओएसका विभिन्न ब्राण्डका सेटहरु प्रसस्तै पाइन्छन।  कम्तीमा ५१२ र्याम, ओ एसको नया भर्सन, १ गिगाहर्ज प्रोसेसर, ५ मेगापिक्सल क्यामरा, ४ इन्चको टच स्क्रिनसम्म ठिक्कै हुन्छ । यस्ता मोवाइल खोज्नुभएको भए अहिले बजारमा प्रसस्त छन । सामसुङ, नोकियादेखि कलर्स, कार्बन, माइक्रोम्याक्स, जि फाइभ, लाभा, जोलो, टचकन आदिका स्मार्टफोनहरु छन। यी वाहेक अन्य कम्पनीका सेटहरु पनि टचस्क्रिन सहितका ठिकै मुल्यका स्माटृफोहरु बजारमा छन ।
तपाईंमा ग्याजेटको शोख छ र राम्रै पैसा खर्च गर्ने क्षमता पनि छ भने तपाईंले अलि महङ्गो फोन खरिद गर्दा फरक पर्दैन । जसले तपाईं फोटो र भिडियो खिच्ने, गीत सुत्रे, भिडियो हेर्ने, गेम खेल्ने, इन्टरनेट चलाउने, ईमेल चेक गर्ने, एकै क्लिकको भरमा फेसबुकजस्ता सामाजिक सञ्जाल वेबसाइट सञ्चालन गर्न सक्नुहुन्छ तर महङ्गा मोबाइल फोन गर्दा त्यसमा भएको हार्डवेयरलाई ध्यान दिनु उपयुक्त हुन्छ। यसको लागि कम्तीमा १ जीबी र्याम, क्वाड कोर प्रोसेसर १.२ गिगाहर्ज, ८ मेगापिक्सल क्यामरा, ६४ जीबीसम्म मेमोरी एक्स्पाण्ड गर्न सकिने एन्ड्रोइड जेली बिन ओएसदेखि माथी उपयुक्त हुनसक्छन । यसको लागि सामसुङ ग्यालेक्सी एस फोर, ग्यालेक्सी नोट, सोनी एक्सपेरिया जेड, एलजी अप्टिमस, नोकिया लुमिया ९००, ९२०, १०२०, ९२५ आदि उपयुक्त हुनसक्छ । भर्खरै रिलिज भएका आइफोनका नया भर्सनहरु पनि उपयुक्त हुनसक्छन । आइफोन ५ एस र ५ सी उपयुक्त रोजाई हुनसक्छ।  यी हाई रेन्जका मोवाइलको बारेमा यसै अंकमा रिभ्यु पनि पढ्न सक्नुहुन्छ।
यो पनि पढ्नुहोस्-अब थ्रीडी प्रिन्टेड फुड खान पाइने!

No comments

Powered by Blogger.