वैद्य माओवादीद्वारा काँग्रेस कार्यकर्तामाथि कुटपिट
काठमाडौ, ५ मंसिर । संविधानसभा निर्वाचनमा एजेन्ट बसेको भन्दै गएराती दाङको धर्ना गाबिसका काँग्रेस कार्यकर्तालाई नेकपा माओवादीका कार्यकर्ताले कुटपिट गरेका छन् ।
माओवादीका कार्यकर्ता मदन डाँगी नेतृत्वको टोलीको कुटाइबाट नेपाली काग्रेस धर्नाका कार्यकर्ता खिमबहादुर वली सख्त घाइते भएका छन् । आँखा तथा शरीरका बिभिन्न भागमा गम्भिर चोट लागेका घाइते वलीको घोराही स्थीत राप्ती उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता मदन डाँगीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Post a Comment