Header Ads

यस्ता छन् सय वर्ष कटेका मतदाताहरु

काठमाडौ, ४ मंसिर । देशका विभिन्न जिल्लाबाट मतदान केन्द्रहरुमा बिहानैदेखि ज्येष्ठ नागरिक, महिला र शारीरिक अपाङ्ता भएका मतादाताहरुको पनि उल्लेख्य सहभागिता रहेको जानकारी आएको छ ।
बैतडीको दशरथ नगरपालिकामा १२० वर्षीया जानकीदेवी पन्तले मताधिकार प्रयोग गरिन् ।
लम्जुङ क्षेत्र नम्बर १ को चिसापानी गाविस (सुवेदीगाउँ) को कमला प्राविको मतदान केन्द्रमा १ सय १२ वर्षीया कौशिला बोगटीले मतदान गरिन् । दैलेखको सेरी गाविस-५ का १ सय १२ वर्षका खविलाल कामीले भवन सेरी (क) मतदान केन्द्रवाट बिहान ७ बजे मत खसाले ।
त्यस्तै, बैतडी- १ अन्तर्गत भूमेश्वरकी  १ सय ४ वर्षीया मानमती भट्टले भूमेश्वर मावि ठाड (क) मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरिन् ।

एक सय बाह्र वर्षीय वृद्धले मतदान गरे
बाँके, ४ मङ्सिर । निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सीतापुर–५ गौघाटका ११२ वर्Èीय प्रताप विष्ट र उहाँकी पत्नी मोतीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुराँसपुर मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
छोरा रामबहादुरको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवै जनाले मतदान गर्नुभएको हो ।

एक सय १० र ११२ वर्षीय वृद्धद्वारा मतदान
जनकपुर, ४ मङ्सिर । अर्काे संविधानसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट ११० र ११२ वर्षका नागरिकले मतदान गर्नुभएको छ ।
मतदान गर्नेमा जटही–५ स्थायी बसोबास गर्ने ११२ वर्षीय माथवर यादव र ११० वर्ष मनोदेवी यादव रहेको मतदान अधिकृत अङ्केश्वर यादवले बताउनुभयो । उहाँहरुले रासससँग कुरा गर्दै अघिल्लो संविधानसभामा मतदान गरे पनि संविधान बन्न नसकेकाले यस पालि भने पक्कै संविधान बन्ने विश्वास गर्नुभयो । उहाँहरु आफन्तको सहारामा मतदान गर्न केन्द्रसम्म पुग्नुभएको थियो ।

ज्येष्ठ नागरिकद्वारा मतदान
मोरङ क्षेत्र नं १ मा १०९ वर्षीय बोधनलाल गन्गाईले डोरिया प्रावि झुर्किया, गुल्मी क्षेत्र नं १ मा रहेको खड्गकोटमा १०० वर्षीया जमुना ढकाल र कपिलवस्तु वाणगङ्गा जनता उमावि केन्द्रमा ११० वर्षका निमाराम घिमिरेले मतदान गर्नुभएको छ ।
यसैगरी हुम्ला मदना गाविस गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा १०२ वर्षकी जीरा ढकाल र दार्चुलास्थित भूमिराज मावि इयरकोट केन्द्रमा ११० वर्षीया मैनादेवी महतोले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

No comments

Powered by Blogger.