घरपरिवारवाट टाढा हुँदा व्यक्तिले यौनेच्छा शान्त पार्ने उपाय
घरपरिवारवाट टाढा हुँदा व्यक्तिले यौनेच्छा शान्त पार्न अनेक उपाय गर्छन् । यौनेच्छा शान्त पार्न नै देहव्यापारी महिलासँग सम्पर्क गर्दा एचआईभीलगायत अनेक यौनरोग लागेर देश र्फकनु परेका घटना पनि छन् । कमाउन गएको पैसा उतै रमाइलोमा सकेर आउनेहरू पनि छन् । हस्तमैथुनलाई यौनेच्छा शान्त पार्ने उपाय बनाउछ, जुन कतिपय कारणले निकै राम्रो मान्नुपर्छ । यसले अन्य अनावश्यक रूपमा खर्च हुने पैसा र समय त बचाउँछ नै, गोपनीयता पनि भङ्ग हुन दिँदैन । अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएकाले एचआईभी वा अन्य कुनै यौनरोग लाग्ने कुरा पनि भएन । हस्तमैथुन आफैंले गर्ने भएकाले यसमा अनेक यौन परिकल्पना जोड्न सकिन्छ, जसले थप यौनआनन्द दिन सक्छ । हस्तमैथुन कति पटकसम्म गर्नुहुन्छ ? सजिलो भाषामा भन्नुपर्दा शरीरले मागेअनुसार । त्यसैले यस विषयमा अनावश्यक चिन्ता लिनुपर्ने कारण छैन । एक सामान्य व्यक्तिले शरीरले मागेभन्दा बढी हस्तमैथुन गर्न सम्भव हुँदैन । हस्तमैथुन गरेर यौनेच्छा शान्त भएको स्थितिमा व्यक्तिले हस्तमैथुन नै गर्दैन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । लिंगको घर्षणका कारणले नै यौन उत्तेजना बढ्दै पछि गएर चरमसुखको स्थितिसम्म पुगिन्छ । योनिसँगको होस् वा तपाईंको हात, लिंगलाई खास फरक पर्दैन । त्यसैकारण यस विषयमा अनावश्यक चिन्ता नलिए हुन्छ ।
Post a Comment