विश्वकप छनोटमा नेपाल डचविरुद्ध भिड्दै
५ मंसिर, काठमाडौं । यूएईमा जारी ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल आज नेदरल्याण्डसँग भिड्दैछ । एक दिवसीय र ट्वान्टी-२० विश्वकपको अनुभव बटुलिसकेको नेदरल्याण्डविरुद्धको खेल अघिल्लो चरण प्रवेशका लागि नेपालका लागि महत्वपूर्ण छ । खेल सारजहाँ स्टेडियममा नेपाली समय अनुसार अपराहृन ४ बजेहुनेछ ।
नेपाल र नेदरल्याण्डको ४ खेलबाट समान ६ अंक छ तर, रन रेटका आधारमा डच टोली शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । नेदरल्याण्डले बमुर्डा, अफगानिस्तान र डेनमार्कलाई हराएको छ भने पपुवा न्यूगिनीसँग पराजित भएको छ । जसलाई नेपालले मंगलबार ७ विकेटले पराजित गरेको थियो ।
नेपाली टोलीका कप्तान पारस खड्का नेदरल्याण्डलाई बलियो प्रतिद्वन्द्वी मान्छन् । नेपाल प्रष्ट जितको खोजीमा रहने भन्दै उनले भनेका छन्-नेदरल्याण्ड बलियो टोली रहेकोमा कुनै शंक छैन । हाम्रो लागि सबै खेल उत्तिकै महत्वपूर्ण छ र हामी डचविरुद्ध प्रष्ट जित चाहन्छौं ।’
नेपालले पपुवा न्युगिनीसँगै डेनमार्क र केन्यालाई हराएको थियो भने स्टकल्याण्डसँग हार व्यहोरेको थियो । पछिल्लो ट्वान्टी-२० छनोटमा नेपाल नेदरल्याण्डकै हातबाट ६ विकेटले पराजित भएको थियो । त्यसबेला पहिले व्याटिङ गरेको नेपालको व्याटिङ नचल्दा ८५ रनमा समेटिएको थियो ।

Post a Comment