Header Ads

म अझै भर्जिन छु जिया केसी

म अझै भर्जिन छु जिया केसी

आधा दर्जन फिल्म खेल्दा नपाएको चर्चा झापाकी जिया केसीले एटीएम नामक एउटै फिल्मबाट पाइन् । चर्चा मात्र होइन, यसमा प्रयोग भएका कतिपय दृश्य र संवादका कारण राज्यले यो फिल्मलाई एक दिन एक शोभन्दा बढी चल्न दिएन । हो यही माया हो, एटीएम, रुद्राक्ष, आफ्नै मनलाई सोधी हेर, बर्बाद, रिङरोड, जिगोलोजस्ता फिल्मकी यी झापाली हिरोइन एटीएमजस्तो हट फिल्मका कारण हट केक त बनेकै थिइन्, भुवन केसीस“गको सम्बन्धलाई लिएर अझ बढी चर्चामा छिन् । यो ताजा अंकका यिनै हट हिरोइनसँगको हट टक ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

प्रेम मानिसलाई सञ्चालित गर्ने शक्ति हो । मायाप्रेमबिना संसार अडिदैन । संसार अडिएकै माया र प्रेमले हो ।

जीवनमा प्रेम किन जरुरी छ ?

प्रेमबिना त मानिस बाँच्नै सक्दैन नि । जन्मेपछि बाबुआमा र परिवारको प्रेमको खाँचो हुन्छ भने ठूलो हुँदै गएपछि विपरीत लिंगीको प्रेम जरुरत पर्छ । एक्लोपन र फ्रस्टेसन हटाउन पनि प्रेम जरुरी छ जस्तो लाग्छ ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?

लभ इज लाइफ पनि भन्छन्, लाइफ इज लभ पनि भन्छन् । म त लाइफ इज लभ भन्छु । त्यसैले आफ्नो खुट्टामा उभिएर गरेको माया सही हुन्छ ।

तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?

मेरो जीवनमा कहिल्यै हुनै पाएन । जीवनमा यति धेरै प्रपोज आयो कि चुज गर्नै कठिन भयो, चुज गर्नै सकिनँ । स्कुल र कलेज पढ्दा सँगै पढ्ने साथीहरूले प्रपोज गर्थे । फिल्ममा आएपछि फिल्मभित्रकै र बाहिरको मानिसले लगातार प्रपोज गरिरहेका छन् ।  विज्ञापन बनाउनेहरूले प्रपोज गरेका छन्, केही पत्रकारले पनि प्रपोज गरेका छन् । विज्ञापन बनाउने कतिपयले त गाडी, घर फ्ल्याट दिन्छुसम्म पनि भने । म चाहन्छु मलाई यस्तो मान्छेले प्रपोज गरोस्, जसले मलाई बुझोस् । तर मैले लभ प्रपोज गर्नुलाई कहिल्यै नराम्रो रूपमा लिइनँ । फूल भएपछि भमरा त आउँछन् नि, होइन ?

घर दिन्छु गाडी किन्छु भन्दा पनि किन स्वीकार नगरेको त ?

मायाप्रेम भनेको किनबेच गर्ने कुरा होइन । एउटा हातले ताली बज्दैन । लभ र सेक्स भन्ने कुरा एउटा पक्षले मात्र चाहेर हुँदैन । दुवैको उत्तिकै चाहना हुनुपर्छ ।

 रोमान्स भनेको के हो ?

कसैले किसमा, कसैले सेक्समा, कसैले पैसामा रोमान्स गर्छ । यो आ–आफ्नो दृष्टिकोण र चाहनाको विषय हुन्छ । जसलाई जे मन पर्छ, त्यसैसँग रोमान्स हुन्छ ।

वास्तविक रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ?

रोमान्स भन्ने कुरा विशेष गरी आफूखुसी भएको बेलामा हुने कुरा हो । रोमान्सको सही समय भनेको मुख्य कुरा लभमा छु भन्ने फिल हुनुपर्यो । अँ, फ्री भएको बेलाचाहिँ हुन पर्छ है ।

रोमान्सको बाधक के हो ?

जबरजस्ती गर्न खोजियो भने त्यही नै रोमान्सको बाधक हुन्छ । आँखा चिम्लेर रोमान्स हुन सक्दैन । रोमान्सका लागि मन र दिमाग दुवै खुला हुनुपर्छ ।

सेक्सको परिभाषा कसरी दिनुहुन्छ ?

सेक्स भनेकै हामी हौं । यो प्रकृतिले दिएको मीठो स्वरूप हो । बस्, कसैलाई खानाजस्तै चाहिइरहन्छ, कसैलाई नभए पनि हुन्छ । तर भगवान्को पालादेखि यो चलेको छ । चाहिन चाहिँ सबैलाई चाहिन्छ, धेरै र थोरैको कुरा बेग्लै हो । सेक्स नभएको भए म पनि हुने थिइनँ । संसारमा कोही पनि हुने थिएन ।

बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ?

जमाना कहाँबाट कहाँ पुगिसक्यो, जमानाअनुसार बिहेअगाडि सेक्स ठूलो कुरा होइन । तर नेपालमा जन्मेकाले भरसक बिहेअगाडि सेक्स नगरेको वा बिहे हुने पक्का भएको मानिससँग मात्र गरे ठीक होला ।

भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठीक हुन्छ ?

मन मात्र मिलेर हुँदैन, बिहे हुने पक्का पनि हुनुपर्छ । बिहे हुने नहुने स्योर छैन भने यस्तो रिलेसन नराखेको राम्रो, बिहे हुने पक्का छ भने त के फरक पर्यो र ।

तपाईंको सेक्स अनुभव ?

छैन, अहिलेसम्म मैले सेक्सको अनुभव गरेको छैन । म अझै भर्जिन छु ।

तपार्इंको विचारमा कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?

उमेर त त्यही हो, आफ्नो खुट्टामा उभिन सक्ने भएको हुनुपर्छ । २२–२४ वर्षको उमेर सेक्सका लागि ठीक हुन्छ होला ।

सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?

ठाउँ त खुला मौसम होस्, हिमाल र पहाड देखिने ठाउँ होस्, त्यो रोमान्टिक हुन्छ । जोमसोस, इलामजस्तो ठाउँमा भयो भने सुनमा सुगन्ध हुन्छ होला । म त सेक्सको समयमा त्यस्तो ठाउँ होस् भन्ने चाहन्छु ।

 कस्तो सेक्स असुरक्षित हुन्छ ?

मान्छेलाई नबुझीकन अनि सेक्स भनेको नबुझी कसैसँग सेक्स रिलेसन भए असुरक्षित हुन्छ । साधन प्रयोग नगर्दा पनि असुरक्षित हुन्छ । अहिले त बजारमा कन्डमहरू आएको छ, प्रयोग गर्नु राम्रो ।

 फिल्ममा सेक्स जरुरी छ ?

फिल्म कस्तो हो त्यो हेरेर हुन्छ । लोग्नेस्वास्नी वा प्लेब्वाइको क्यारेक्टर छ भने त सेक्स सिन पनि हुनुपर्यो नि । सेक्स सिन राखे पनि भल्गर भने हुनुभएन ।

No comments

Powered by Blogger.