निर्वाचन अपडेट
काठमाडौँ,
६ मङ्सिर । निर्वाचन अयाोगले मङ्सिर ४
मा सम्पन्न अर्काे संविधानसभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत १६५
निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको जनाएको छ ।
हिमाली
तथा दुर्गम पहाडी जिल्लामा पैदालमार्गबाट मतपेटिका ल्याउन सम्भव नभएका मतदान केन्द्रका
मतपेटिका हेलिकोप्टरको
प्रयोग गरी सङ्कलन गर्ने जारी छ । आज बिहानसम्म मुस्ताङ, अछाम, सङ्खुवासभा
जिल्लाको मतपेटिका ल्याइसकिएको छ । हुम्ला, ताप्लेजुङ, मुगु, रोल्पा, जाजरकोट र गोरखा जिल्लाका विकट मतदान
केन्द्रका मतपेटिका पनि आजै ल्याइसकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
संविधानसभा सदस्य निर्वाचनमा एक
मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेकपा( एमाले)का जनार्दन ढकालले छ हजार ६२८ मत
प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी
एकीकृत नेकपा(माओवादी)का प्रेमबहादुर तामाङले छ हजार १९२ र नेपाली काँग्रेसका लामाकार्पु
तामाङले चार हजार ९४८ मत प्राप्त गर्नुभएको छ । आफू विजयी भएपछि नेता ढकालले रासससँग
कुरा गर्र्दै यसअघि जिल्लामा एमाले झिनो मतले पराजित हुँदै आए पनि पहिलो पटक एमालेले हिमाली जिल्लामा जितेकामा
रमाइलो र खुसी लागेको बताउनुभयो ।
उहाँले पार्टीसँग निकट रहेर
आफूले हिमाली जिल्लालाई पनि प्राथमिकतामा पार्ने गरी संविधान निर्माणमा योगदान दिने बताउँदै
रसुवाको सीमा व्यापार, पर्यटन, जलविद्युत् विकास र शिक्षाको गुणस्तरमा जिम्मेवार भएर
भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिलेसम्म
विजयी -
कांग्रेसः
टेकबहादुर गुरुङ- मनाङ
राजन
केसी-काठमाडौं १०
सुशीला
चौधरी दाङ २
नविन्द्रराज
जोशी काठमाडौं ८
प्रकाशमान
सिंह काठमाडौं १
नरहरि
आचार्य काठमाडौं ५
यज्ञबहादुर
थापा, कास्की १
एमालेः
रविन्द्र अधिकारी-कास्की ३
सीता
गिरी-कास्की ४
सोमप्रसाद
पाण्डे-पाल्पा २,
जर्नादन
ढकाल रसुवा
वामदेव
गौतम प्युठान १
नेपाली
काँग्रेस ६
नेकपा
एमाले ५
काठमाडौँ–९ मा रञ्जित विजयी
काठमाडौँ,
६ मङ्सिर । काठमाडौँ क्षेत्र नं ९ मा
नेपाली काँग्रेसका ध्यानगोविन्द रञ्जित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी
नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले १३ हजार १०० मत प्राप्त गर्नुभएको छ भने एकीकृत
नेकपा(माओवादी)का देवेन्द्र पौडेलले छ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
परिणाम
घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै विजेता रञ्जितले आफूले लोकतान्त्रिक
संविधान निर्माणमा प्रमुख भूमिका खेल्ने र आफ्नो निर्वाचन क्षेत्रको विकासमा
प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
उपत्यकाको
पछिल्लो मतपरिणाम
क्षेत्र
नं १ बाट
नेकाँका प्रकाशमान सिंहले ११ हजार १५५, एमाओवादीकी रेणु दाहालले दुई हजार ९०६ र राप्रपा नेपालका भरत जङ्गमले दुई हजार ८५२
मत प्राप्त गर्नुभएको
छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका माधवकुमार नेपालले ११ हजार ४२०, नेकाँकी प्रतिमा गौतमले सात हजार ४९८ र
एमाओवादीका लीलामणि पोखरेलले तीन हजार २९९ मत पाउनुभएको छ ।
यसैगरी
क्षेत्र नं ३ मा एमालेका रामेश्वर फुयाँलले नौ हजार ४१५, कांग्रेसका चक्रबहादुर ठकुरीले आठ हजार ८६४ र एमाओवादीका गणेश
रेग्मीले तीन हजार ६०१ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा काँग्रेसका
गगनकुमार थापाले नौ हजार २८५, एमालेका
निर्मल कुइँकेलले
तीन हजार ६८३ र एमाओवादीका नन्दबहादुर पुनले दुई हजार ६४२ मत
प्राप्त गर्नुभएको छ । क्षेत्र
नं ६ मा काँग्रेसका भीमसेनदास प्रधानले सात हजार १८२, एमालेका योगेश भट्टराईले पाँच हजार ५७४ र एमाओवादीका
हिमाल शर्माले
एक हजार ७१६ मत पाउनुभएको छ ।
क्षेत्र
नं ७ मा एमालेका रामवीर मानन्धरले सात हजार ७१८, कांग्रेसकी प्रमिलासिंह डङ्गोलले पाँच हजार ५२४ र एमाओवादीकी हिसिला यमीले तीन हजार ९२५
मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ–५ बाट आचार्य विजयी
काठमाडौँ,
६ मङ्सिर । काठमाडौँ जिल्ला क्षेत्र नं
५ बाट काँग्रेसका नरहरि आचार्य १५ हजार ३६४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी
एमालेका ईश्वर पोखरेलले १४ हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन कार्यालयले यसको
औपचारिक घोषणा गर्न बाँकी छ ।
त्यसैगरी राप्रपा नेपालका
राजाराम श्रेष्ठले तीन हजार ८९९ मत प्राप्त गर्नुभएको थियो भने एमाओवादीका महेन्द्र श्रेष्ठले तीन
हजार ४३३ मत प्राप्त गर्नुभएको थियो ।
कास्की ३
मा रविन्द्र अधिकारी विजयी
कास्कीको क्षेत्र नम्बर ३ मा
एमालेका युवा नेता रविन्द्र अधिकारीले १३ हजार १ सय १० मत ल्याएर खाता खोलेका छन् । उनको निकटतम्
प्रतिद्वन्दी काँग्रेसका सोभियत बहादुर अधिकारीले १० हजार ८ सय ८ मत ल्याएका छन् । उनी यसअघिको संविधानसभामा पनि त्यही
क्षेत्रबाट जितेका थिए ।
काठमाडौं-१०
मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं-१० मा नेपाली कांग्रेसका
राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । केसीले २०३९२ मत ल्याएका छन्। एमाओवादी अध्यक्ष
पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो । उनले
१२८५२ मत प्राप्त गरी तेस्रो स्थान पाएका छन् । एमालेका सुरेन्द्र मानन्धर
१३६१५ मत पाएर तेस्रो भएका छन् । यसअघिको निर्वाचनमा दाहाल त्यही क्षेत्रबाट
धेरै मत अन्तरले विजयी भएका थिए ।
बामदेव
प्युठानबाट विजयी
एमाले
उपाध्यक्ष बामदेव
गौतम प्युठान–१ बाट विजयी भएका
छन् । उनले १३९६२ मत ल्याएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका
कृष्णबहादुर खड्काले ८७२४ र एमाओवादीका नवराज सुवेदीले ७०५४ मत ल्याएका छन् ।
रसुवामा
एमालेका ढकाल विजयी
रसुवा,
६ मंसिर । अर्को संविधानसभा सदस्य
निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेकपा एमाले जनार्दन ढकालले छ हजार ६ सय
२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपामाओवादीका प्रेमबहादुर तामाङले छ
हजार १९२ र नेपाली काँग्रेसका लामाकार्पु तामाङले चार हजार ९४८ मत प्राप्त गर्नुभएको छ । आफू
विजयी भएपछि नेता ढकालले रासससँग कुरा गर्र्दै यसअघि जिल्लामा एमाले झिनो मतले
पराजित हुँदै आए पनि पहिलो पटक एमालेले हिमाली जिल्लामा जितेकामा रमाइलो र खुसी लागेको बताउनुभयो ।
उहाँले
पार्टीसँग निकट रहेर आफूले हिमाली जिल्लालाई पनि प्राथमिकतामा पार्ने गरी संविधान
निर्माणमा योगदान दिने बताउँदै रसुवाको सीमा व्यापार, पर्यटन, जलविद्युत् विकास र शिक्षाको गुणस्तरमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने
प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाल्पा–२ मा एमालेका पाण्डे विजयी
पाल्पा,
६ मङ्सिर । निर्वाचन क्षेत्र नं २ मा
नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय १७ हजार १९३ मत प्राप्त गरी विजयी हुनुभएको छ
।
उहाँका
निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त
गर्नुभएको छ ।
कास्की
क्षेत्र नं ३ मा एमालेका अधिकारी विजयी
पोखरा,
६ मंसिर । संविधानसभा सदस्य निर्वाचनमा
कास्की क्षेत्र नं ३ बाट नेकपाएमालेका रवीन्द्र अधिकारी १३ हजार १ सय १० मत
ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका
सोभियतबहादुर अधिकारीले १० हजार ८०८ र एकीकृत नेकपा माओवादीका रामजी बरालले
चार हजार ४२९ मत ल्याउनुभएको थियो । क्षेत्र नं ३ मा कुल ३२ हजार ०५४ मत खसेकामा एक हजार ०४६ मत बदर भएको थियो ।
विजयी
भएपछि नेता अधिकारीले उहाँले आपूmले
जिते सबै ठीक हारे बेठीक भन्ने प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो ।
उक्त
क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी १९ जना उमेदवार चुनावी मैदानमा खडा
भएका थिए ।
काठमाडौं
क्षेत्र नम्बर ८ मा जोशी विजयी
काठमाडौं,
६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ मा
नेपाली काँग्रेसका नवीन्द्रराज जोशी १३ हजार ७७४ मतका साथ विजयी हुनुभएको छ । उहाँका
निकटतम प्रतिद्वन्द्वी
नेकपा एमाले का जीवनराम श्रेष्ठले छ हजार ३६७ मत ल्याउनुभएको थियो । त्यसैगरी राप्रपा नेपालका
प्रकाश रिमालले चार हजार ९५८ र एनेकपा माओवादीका मुक्ति प्रधानले दुई हजार ७६० मत
प्राप्त गर्नुभएको छ । जोशी यसअघि पनि २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट
विजयी हुनुभएको थियो ।
कास्की
क्षेत्र नं ४ मा एमालेकी गिरी विजयी
पोखरा,
६ मङ्सिर । कास्की क्षेत्र नं ४ बाट
नेकपा (एमाले)की सीता गिरी १५ हजार ४३८ मत ल्याई संविधानसभा सदस्यमा विजयी
हुनुभएको छ ।
उहांका निकटतम प्रतिद्वन्द्वी
नेपाली कांग्रेसका महादेव गुरुङले १३ हजार १४७ मत प्राप्त गर्नु भएको थियो । तेस्रो स्थानमा
रहनुभएका एकीकृत नेकपा (माओवादी)का
गुप्तबहादुर हमालले सात १८३ मत प्राप्त गर्नुभएको थियो ।
विजयी भएपछि सञ्चारकर्मीलाई
प्रतिक्रिया दिंदै उहांले आपूm नयां
संविधान निर्माण र विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी १६
उम्मेदवार चुनावी मैदानमा खडा भएका थिए ।
नेकाँकी
चौधरी विजयी
दाङ,
६ मङ्सिर । संविधानसभा सदस्यका लागि क्षेत्र नं २ मा भएको
निर्वाचनमा नेपाली काँग्रेसका सुशीला चौधरी दश हजार ४३० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी
एमाओवादीका होमबहादुर पुनले आठ ५९० मत ल्याउनुभएको थियो । विजयी चौधरीलाई निर्वाचन क्षेत्र नं २ का मतदान अधिकृत वासुदेव न्यौपानेले प्रमाणपत्र दिनुभयो ।
कास्की
क्षेत्र नं ३ मा एमालेका अधिकारी विजयी
पोखरा,
६ मङ्सिर । संविधानसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं
३ बाट नेकपा(एमाले)का रवीन्द्र अधिकारी १३ हजार ११०
मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी
नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारीले १० हजार ८०८ र एकीकृत नेकपा (माओवादी)का रामजी बरालले चार हजार ४२९
मत ल्याउनुभएको थियो । क्षेत्र नं ३ मा कुल ३२ हजार ०५४ मत खसेकामा एक हजार ०४६ मत बदर भएको थियो ।
विजयी
भएपछि नेता अधिकारीले उहाँले आपूmले
जिते सबै ठीक हारे बेठीक भन्ने प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो ।
उक्त
क्षेत्रमा विभिन्न
राजनैतिक दल र स्वतन्त्र गरी १९ जना उमेदवार चुनावी मैदानमा खडा भएका थिए ।
जोशी
विजयी
काठमाडौँ,
६ मङ्सिर । काठमाडौँ क्षेत्र नं ८ मा
नेपाली काँग्रेसका नवीन्द्रराज जोशी १३ हजार ७७४ मतका साथ विजयी हुनुभएको छ । उहाँका
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवनराम श्रेष्ठले छ हजार ३६७ मत
ल्याउनुभएको थियो ।
त्यसैगरी राप्रपा नेपालका प्रकाश
रिमालले चार हजार ९५८ र एनेकपा (माओवादी) का मुक्ति प्रधानले दुई हजार ७६० मत प्राप्त
गर्नुभएको छ । जोशी यसअघि पनि २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको
थियो ।
दाङ-२ मा
कांग्रेसकी सुशीला चौधरी विजयी
दाङ क्षेत्र न. २ मा नेपाली
कांग्रेसकी उम्मेदवार सुशीला चौधरी विजयी भएकी छन् । उनले १०४३३ मत पाएकी छन् । उनका निकट्म
प्रतिद्वन्द्वी होमबहादुर पुनले ८५५८ र एमालेकी शान्ता चौधरीले ७४०२ मत पाएकी छन् ।
कास्की ४
मा एमालेकी सीता
कास्की ४
मा एमालेकी सीता गिरी ओली १५ हजार ४ सय ३८ मत ल्याएर बिजयी भएकी छन् । यो
निर्वाचनमा विजयी पहिलो महिला हुन् ।
ओलीको
निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महादेव गुरुङको १३ हजार १ सय ४७ मत ल्याएका छन्
।
स्याङ्जामा
मतगणना सुरु
पुतलीबजार,
६ मङ्सिर । संविधानसभा निर्वाचनको
मतगणना स्याङ्जा सदरमुकाममा आज दिउँसो २ बजेदेखि सुरु भएको छ । स्याङ्जा क्षेत्र नं १
को जिल्ला अदालतमा र क्षेत्र नं २ को जिल्ला विकास समितिको भवनमा मतगणना सुरु भएको
हो ।
स्याङ्जाको क्षेत्र नं ३ को भने
मतगणना भने अझै सुरु हुन सकेको छैन । क्षेत्रका विभिन्न तीन गाविसका छ वटा केन्द्रमा एमालेले
र नेपाली काँग्रेसले एक गाविसका तीन मतदान केन्द्रमा एकपक्षीय मतदान गरेको
भन्दै निर्वाचन कार्यालयमा लिखित उजुरी परेका कारण मतगणना हुन नसकेको हो ।
Post a Comment