अब हट र सेक्सीको पालो– सुजता कोइराला, नवनायिका

तपाईंको नामथर त कांग्रेसको नेतृसँग मिल्दो रहेछ नि?
हो। सानैमा हजुरआमाले राखिदिनुभएको नाम हो।
के हो मञ्जरी भनेको?
यसको अर्थ चाही राम्रो, शुभ भन्ने हुन्छ।
कांग्रेस नेतृ सुजाता कोइरालाचाहिँ चिन्नुहुन्छ?
व्यक्तिगत रुपमा चिनेको छैन। तर टिभीको देखेको छु।
पहिलो फिल्मबाट चर्चा कमाइयो नि?
फिल्मको पोजेटिभ रेस्पोन्स आएको छ। खुशी लागेको छ। मेहनत पनि गरेको छु।
सानै उमेरमा कसरी फिल्म क्षेत्रमा लागियो?
हुन त सानोमा फिल्म खेल्ने सपना थिएन। फिल्म भने धेरै नै हेर्थे। पछि फिल्मसम्बन्धी नै अध्ययन पनि गरे। त्यसकारण यो क्षेत्रमा लागे।
मञ्जरीमा खेल्ने अवसर कसरी पाउनुभयो?
गोपीकृष्ण मुभिसले ट्यालेन्स सो प्रतियोगित राखेको थियो। त्यसको टप टेनसम्म पुगेको थिए। थाहा पाएर मञ्जरीको टिमले मलाई अडिसनका लागि बोलायो। उहाँको कथामा म फिट भए। धेरै पटकको अडिसनपछि फिल्ममा छानिएको हुँ।
पहिलो फिल्ममा अभिनय गर्न कत्तिको गाह्रो भयो?
पहिला चार महिनासम्म वर्कशप गरेकाले धेरै गाह्रो त भएन। सबै जनाले फ्रेन्ड्ली व्यवहार नै गर्नुभयो।
कस्तो भूमिका छ तपाईंको?
बुटवलको एउटी धनी बाउकी छोरीको भूमिका निर्वाह गरेको छु। आफ्नै संस्कृतिमा हुर्किएकी, जिद्दी, घमण्डी बचपन, टिएनज युवतीको भूमिका खेलेको छु। जसको बाहिरी दुनियाँ हुँदैन। आफ्नै दुनियाँमा रमाउँछे। केटाप्रति पनि उसको आकर्षण हुँदैन। उसैको प्रेम कथा चलचित्रको विषय हो।
सुटिङ गर्दाका रमाइलो अनुभव?
कहिल्यै बुटवल गएको थिइनँ। घुम्न पाइयो। ४४ डिग्रीको तापक्रममा काम गर्दा निकै गाह्रो पनि भयो। तीन पटक त बेहोस भएर अस्पताल पनि पुगे। एक पटक त तीन दिनसम्म अस्पतालमा भर्ना हुनुपर्योा। तर पनि रमाइलै भयो।
एउटा सामान्य युवतीबाट नायिका बन्दाको अनभुव?
राम्रै रेस्पोन्स आइरहेको छ। धेरैले प्रशंसा गर्नुभएको छ।
पहिलोपटक आफ्नो फिल्म हेर्दाको अनुभति कस्तो रह्यो?
एकदमै अनौठो। अरुको मात्र फिल्म हेर्दे आएको। त्यत्रो ठूलो पर्दामा आफैंलाई हेर्दा मन नै सिरिङ्ग भयो।
फिल्म क्षेत्रमा त नायिकाहरूलाई निर्माता/निर्देशकले गलत नियतले हेर्छन् भनिन्छ नि?
म यो क्षेत्रमा नयाँ छु। त्यसबारे थाहा छैन। मैले चाहिँ त्यस्तो गलत व्यवहार भोग्नुपरेन। टिममा सबैले मलाई सहयोग नै गनर्ुुभयो?
प्रेमसम्बन्धी फिल्ममा अभिनय त गर्नुभयो, प्रेममा चाहिँ पर्नुभएको छ कि छैन?
म त भर्खर टिएजन नै छु। प्रेमको अनुभव अहिलेसम्म छैन।
प्रेममा विश्वास नलागेर हो कि?
अहिलेसम्म प्रेममा नपरेर होला।
मन पर्ने कलाकार को हुन्?
मलाई सौगात मल्ल मन पर्छ। नायिकामा निशा अधिकारी मन पर्छ। सुनिल पोखरेल पनि मन पर्छ।
अब फिल्म क्षेत्रमै रमाउने हो?
ओस्कार कलेजमा फिल्म सम्बन्धी नै पढ्दै आएको छु। सायद यही क्षेत्रमा रमाउँछु हेाला। अनि अब म जस्तै हट र सेक्सीहरुको जवाना हो । त्यसैले यसैमा जम्ने विचार छ ।
Post a Comment