Header Ads

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट : नेपाल र अफगानिस्तान भोलि खेल्ने

काठमाडाँै, ६ मङ्सिर । दुबईमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने आफ्नो छैटौँ खेलमा नेपालले अफगानिस्तनको सामना गर्नेछ ।
पाँच खेल खेलेको नेपाल तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । नेपालको अङ्क तालिकामा ६ अङ्क रहेको छ ।

आइसिसीका अनुसार समूह ‘बी’को हालसम्मको अङ्क तालिका :
देश    खेल    जित    हार    बराबरी    अङ्क    नेट रनरेट
नेदरल्यान्डस्    ५    ४    १    ०    ८    +१.४५६
अफगानिस्तान    ४    ३    १    ०    ६    +०.७५३
नेपाल    ५    ३    २    ०    ६    +०.३५७
केन्या    ४    २    २    ०    ४    +२.०९४
पपुवा न्युगिनी    ४    २    २    ०    ४    +०.८२६
बर्मुडा    ४    २    २    ०    ४    —०.८२९
स्कटल्यान्ड    ४    १    ३    ०    २    —१.५२१
डेनमार्क    ४    ०    ४    ०    ०    —१.४५७
प्रतियोगिताको समूह ‘बी’मा नेपालसहित डेनमार्क, केन्या, स्कटल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड, बर्मुडा र अफगानिस्तान रहेका छन् ।
समूह ‘ए’मा आयरल्यान्ड, क्यानडा, युएई, नामिबिया, हङकङ, युगान्डा, संयुक्त राज्य अमेरिका र इटली छन् ।
समूह ‘ए’को शीर्ष स्थानमा हालसम्म आयरल्यान्ड छ भने दोस्रो स्थानमा हङकङ रेहेको छ । दुवैको समान ८ अङ्क भए पनि ‘नेट रन रेट’का आधारमा आयरल्यान्ड अग्र स्थानमा रहन सफल भएको हो । युएई ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
कुल १६ टोली सम्मिलित प्रतियोगिताको शीर्ष ६ मा पर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउने छन् ।

No comments

Powered by Blogger.