Header Ads

‘विमल दक्षिण एसियाका नेयमार’

: गोल डटकमले सार्वजनिक गरेको दक्षिण एसियाका उत्कृष्ट १० जना खेलाडीको सूचीमा विमल घर्तीमगर र रोहित चन्द परेका छन् । विमल सूचीको तेस्रो स्थानमा परेका छन् ।

भने रोहित ७ औँ स्थानमा छन् । गोल डटकमले विमललाई ब्राजिल र बार्सिलोनाका स्टार नेयमारसँग तुलना गरेको छ ।


‘विमल घर्ती मगरलाई दक्षिण एसियाको नेयमार मानिन्छ, उनी यसक्षेत्रमै सबैकम उमेरमा राष्ट्रिय टिमबाट खेल्ने र गोल गर्ने खेलाडी हुन्’ गोलडटकमले लेखेको छ । विमल अहिले दुई महिने ट्रायलका क्रममा बेल्जियमको सबैभन्दा सफल पहिलो श्रेणीको क्लव एन्डरलेजमा छन् ।

सूचीको सातौ स्थानमा रहेका रोहितलाई पनि गोल डटकमले युरोपियन क्लवमा खेल्न लायक खेलाडीको रुपमा व्याख्या गरेको छ । उनी अहिले इन्डोनेसियाको परसिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल्छन् । उनी नेपालकै सबैभन्दा महंगा खेलाडी हुन् ।

सूचीमा विमलभन्दा माथि गत साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका अफ्गानिस्तानका गोलकिपर मनसुर फकिरयार छन् । भने साफका उच्च गोलकर्ता माल्दिभ्सका अलि अस्फाक पहिलो नम्बरमा छन् ।
 यस्तो छ सूची
    
    १. अलि अस्फाक, माल्दिभ्स
    
    २. मनसुर फकिरयार, अफगानिस्तान
    
    ३. विमल घर्तीमगर, नेपाल
    
    ४. सुनील क्षेत्री, भारत
    
    ५. जेस रेहमान, पाकिस्तान
    
    ६. बलाल आर्जेउ, अफगानिस्तान
    
    ७. रोहित चन्द, नेपाल
    
    ८. सुव्रत पल, भारत
    
    ९. जमल भुयान, बंगलादेश
    
    १०. सान्दजार अहमादी, अफगानिस्तान

No comments

Powered by Blogger.