ओस्कार : विपक्षीका लागि सँधै खतरा
विश्वकप विजेता लुसियो आयोजक राष्ट्र ब्राजिललाई विश्वकप उपाधि दिलाउन अट्याकिङ मिडफिल्डर ओस्कार डोस सान्तोसले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छन् ।
हुन त ब्राजिलियन टोलीमा नेयमारसहितका स्टार खेलाडीहरुको कमी छैन । तर, २२ बर्षका ओस्कार जस्ता मिडफिल्डरले ब्राजिललाई अर्के बनाइदिएको छ ।
इंग्लिस क्लब चेल्सीमा उनी स्ट्राइकरको पछि प्राइमेरी प्लेमेकरका रुपमा खेल्छन् भने ब्राजिलको लागि सेन्ट्रल अट्याकिङ मिडफिल्डरका रुपमा खेल्छन् । ब्राजिलमा उनलाई काका जस्तै प्ले मेकरकै रुपमा हेरिन्छ ।
उनी सट रेन्जको सटिक पास दिन निकै सिपालु छन् । चलाखीपूर्ण रुपमा दौडने र कुसल सर्टका कारण उनी कुनै पनि बेला विपक्षीका लागि खतरा हुनसम्छन् ।
उनी २०११ देखि सिनियर राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । ब्राजिलले २०११ को यू-२० फिफा विश्वकप र २०१३ को फिफा कन्पिmडेरेसन कप जित्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिए । उनले ब्राजिलको लागि ३१ खेलमा ९ गोल गरेका छन् ।
Post a Comment