कोलम्बियाको प्रभावशाली सुरुआत
कोलम्बियाले विश्वकप २०१४ मा शनिबार प्रभावशाली सुरुआत लिएको छ । उसले समूह 'सी' को पहिलो खेलमा ग्रीसलाई ३-० ले पराजित गर्यो ।
दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेर उत्कृष्ट प्रदर्शन गरेको कोलम्बियाको यस जितसँग नकआउट चरण पुग्ने सम्भावना गाढा भएको छ । कोलम्बियाले स्टाडियो मिनेरिओमा भएको खेलको दोस्रो हाफमा दुई गरेको थियो ।
यससँगै अर्जेन्टिनी प्रशिक्षक जोसे पेकरमनको नेतृत्वमा रहेको कोलम्बियाले विश्वकप इतिहासमा आप\mनो अहिलेसम्मकै सर्वाधिक राम्रो प्रदर्शनको कीर्तिमान राखेको छ । यसअघि उसले सन् १९९० मा अमेरिका र सन् १९९४ मा स्विट्जरल्यान्डलाई समान २-० ले पराजित गरेको थियो । कोलम्बियाको यो विश्वकपमा चौथो जित मात्र हो र यसका लागि प्रभुत्वशाली प्रदर्शन गर्न सफल रह्यो ।
यसपल्टको जितमा कोलम्बियाका लागि वेस्ट ह्यामका पाब्लो आरमेरोले पाँचौं मिनेटमा पहिलो गोल गरे । विश्वकपमा कोलम्बियाले गोल गरेको यो १६ वर्षयता पहिलो हो । उनलाई जुवान क्वाडड्रारोले पास मिलाएका थिए । टियोफिलो गुटिरेजले कर्नरमा ५८ औं मिनेटमा दोस्रो गोल गरे । एबेल एगुरोको हल्का टचमा गुटिरेजको गोल सम्भव भएको थियो ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा जेम्स रोडरिगेले तेस्रो गोल थपे । हारले सन् २००४ को युरो विजेताको दोस्रो चरण पुग्ने सम्भावना कठिन भएको छ । विश्वकप इतिहासमै खराव प्रदर्शनको कीर्तिमान रहेको युरोपेली टिम ग्रीस अहिलेसम्म दोस्रो चरण पुग्न सकेको छैन् । समूहको अर्को खेलमा आइरीकोस्टले जापानको सामना गर्नेछ ।
Post a Comment