Match Updates: Japan Vs Cote d' Ivorie
१६ औं मिनेटमै गोलको खाता खोलेका होन्ड इटालीको एसी मिलानबाट व्यवसायक फुटबल खेल्छन् । चार बर्षअघि दक्षिण अफ्रिकामा पनि उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । विश्वकपको लगातार दुई संस्करणमा गोल गर्ने उनी पहिलो जापानिज खेलाडी हुन् ।


2 - 1
उनको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो । २८ बर्षीय उनले ५७ क्याप जितेका छन् । यी २८ बर्षीय मिडफिल्डरले नागातोमोको पासमा लिएको बललाई आइभरीकोस्टविरुद्ध फस्टब बारमै गोलमा परिणत गरेर जापानलाई १–० ले अघि बढाएका हुन् ।-
सेर्गे अउरियर जर्सी नं.१७, आइभरीकोस्ट राइट–ब्याकमा खेल्ने अउरियर छरिता र पावरफुल छन् । उनकै उत्कृष्ट क्रसमा विल्फ्रेड बोनी र जेरभिन्होले गोल गरेका हुन । उनको यो नवौं अन्तर्राष्ट्रिय खेल हो । फ्रेन्च क्लब टुलुसेमा आबद्ध उनी लिग वान २०१३–१४ का स्टार डिफेन्डर हुन् । अहिले उनी २१ वर्षका छन् । उनले १६ वर्षको उमेरमै लेन्सबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए । यो सिजनको लिगमा ६ गोल गर्दै थप ६ गोलको अवसर सिर्जना गरेका उनी लिग वानको टिम अफ दि इयरमा पनि परे ।
Post a Comment