रोनाल्डो पुस्ताबाट पोर्चुगलको आशा
लिस्बन– पोर्चुगलले विश्वकपका लागि तयारी गरिरहँदा पनि एउटा स्वाभाविक प्रश्न विश्वभरका फुटबलप्रेमीले गर्ने गर्छन्। डिएगो म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई जस्तै क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि उपाधि यात्राको नेतृत्व गर्न सक्लान?
२८ वर्षअघि अर्जेन्टिना एक उत्कृष्ट सुगठित टिम लिएर मेक्सिको पुगेको थियो, तर दक्षिण अमेरिकी टोलीले सनसनीपूर्ण गोल र विद्युतीय प्रदर्शन गरेर उपाधि जित्दा केन्द्रमा म्याराडोना रहे। अहिलेको पोर्चुगल पनि त्यस्तै अवस्थामा ब्राजिल यात्रा गर्दैछ। युरोपका ठूला क्लबमा खेल्ने सफल स्टारहरूको घुइँचोमा रोनाल्डोको पोर्चुगाली टोलीमा छुट्टै पहिचान छ। विशेष भूमिका छ।
२०१३ का फिफा विश्व वर्ष खेलाडी रोनाल्डोले विश्वकप छनोटको प्लेअफमा स्विडेनविरुद्ध गरेको प्रदर्शन अत्यन्तै उत्साहजनक थियो। पोर्चुगलले दुई लेगमा गरी गरेका सबै चार गोल उनकै नाममा थिए। ४–२ को समग्र अन्तरमा जितेको पोर्चुगलका लागि उनले दोस्रो लेगमा ह्याटि्रक गरेका थिए। ती खेलमा रोनाल्डोले तीब्र गतिमा उच्चस्तरीय फुटबलको नमुना पेश गर्नुका साथै 'क्लोज बल स्किल' मार्फत आफूलाई महान खेलाडीको दाबेदारमा प्रस्तुत गरेका थिए।
'हाम्रो टोलीमा उनी प्रेरणास्रोत हुन्। टिममा उनको भूमिका निर्णायक रहने गर्छ,' पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टो रोनाल्डोबारे भन्छन्, 'क्लब स्तरमा उनले आफूलाई धेरै वर्षदेखि प्रमाणित गरिरहेका छन्। देशका लागि पनि उनको प्रदर्शन सधैं उच्च रहने गरेको छ। बितेको सिजनमा उनले रियाल मड्रिडका लागि उच्च प्रदर्शन गरे। उनी च्याम्पियन्स लिग विजेता हुन्। पोर्चुगलले ब्राजिलमा उनीबाट धेरै अपेक्षा राख्नेछ।'
पोर्चुगललाई एक व्यक्तिको भरपर्ने टोली भन्न बेन्टो रुचाउँदैनन्। तर रोनाल्डोको अनुपस्थितिमा भने खेललाई नयाँ मोड दिने खेलाडीको अभावमा पोर्चुगाली टोली पनि अन्यजस्तै सामान्य हुनेमा भने उनको स्वीकारोक्ति छ।
म्यानचेस्टर युनाइटेडका विङ्गर नानीमा अपार क्षमता भए पनि बितेको सिजन उनलाई चोटले निकै सतायो। जाओ माउटिन्हो र राउल मेइरेलेसजस्ता क्षमतावान खेलाडीको मिडफिल्डमा बेन्टोलाई साथ रहनेछ। रक्षापंक्तिमा विपक्षी सेन्टर फरवार्डलाई डिपमा बसेर रोक्न सक्ने खेलाडीको भने पोर्चुगाली टोलीमा कमी छ। तथापि २००१ का विश्व वर्ष खेलाडी लुइस फिगोको नेतृत्वमा १९९० को पूरा दशक पोर्चुगाली फुटबलमा राज गरेको स्वर्णिम पुस्ताभन्दा रोनाल्डोको पुस्ताबाट बढी अपेक्षा छ। अघिल्लो पुस्ता कुनै उपाधि नजिती सक्रिय खेलबाट बिदा भइसकेको छ भने रोनाल्डो पुस्ताले पनि अहिलेसम्म देशलाई कुनै मुख्य प्रतियोगिता जिताउन सकेको छैन।
वर्तमान पोर्चुगाली टोलीमा रोनाल्डोको प्रेरणा महŒवपूर्ण रहने गरेको छ। कुर्कुच्चाको चोटका कारण युरोपियन च्याम्पियनसिप २०१२ का सुरुआती दुई छनोट खेलमा रोनाल्डो अनुपस्थित थिए। जसमा पोर्चुगलले घरमा साइप्रससँग बराबरी तथा नर्वेसँग पराजय भोगेको थियो। रोनाल्डो फर्किएपछि पोर्चुगलले लगातार ५ खेल जित्दै धर्मराएको यात्रा सही ट्र्याकमा ल्याएको थियो।
२०१० को विश्वकप छनोटमा रोनाल्डोले फरक पोजिसनबाट खेल्दा एउटै गोल गर्न सकेनन्। जहाँ पोर्चुगलले तीन गोलरहित बराबरी खेल्दा प्लेअफमार्फत दक्षिण अफ्रिकाको यात्रा पक्का गर्नुपरेको थियो। देशका लागि खेल्न थालेको ११ वर्षमा रोनाल्डो पोर्चुगलका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका छन्। उनले यसअघिका सर्वाधिक गोलकर्ता पाउलेटाको कीर्तिमान दुई गोलले पछि पार्दै आफ्नो नाममा ४९ गोल लेखाइसकेका छन्। ब्राजिलमा उनी तीन फरक विश्वकपमा गोल गर्ने पहिलो पोर्चुगाली खेलाडी बन्न सक्नेछन्।
प्रशिक्षक बेन्टो
युरोपियन च्याम्पियनसिप २०१२ को छनोटमा पोर्चुगाली टोली धर्मराउँदो अवस्थामा पुगेपछि पाउलो बेन्टोलाई प्रशिक्षक नियुक्त गरिएको थियो। त्यतिखेर उनको उच्चस्तरीय प्रशिक्षण करियर चार वर्षमात्र भएको थियो। स्पोर्टिङ लिस्बनलाई दुई महिनामा एउटै लिग खेलमा जित दिलाउन नसकेका कारण राजीनामा दिएर बसेकै बेलामा पोर्चुगल फुटबल संघले उनलाई नियुक्त गरेको हो। त्यसयता उनले युरो २०१२ र ब्राजिल विश्वकपसम्म पोर्चुगललाई पुर्याघइसकेका छन्।
पोर्चुगल बाहिर ४४ वर्षे बेन्टोको नामलाई खास ठूलो महत्व दिइन्न। तर निकै सचेत भएर मात्र निर्णय लिने, टोली सुहाउँदो रणनीति बनाउने र आफूलाई सधैं पर्दा पछाडि राख्न रुचाउने स्वभावका कारण पोर्चुगल सदाबहार विश्वको उत्कृष्ट टोलीको सूचीमा अटिरहेको मान्ने पनि धेरै छन्।
खेलाडी हुँदा निकै तीब्र गतिका रक्षात्मक मिडफिल्डरले पोर्चुगलका लागि ३५ अन्तर्राष्ट्रिय खेल खेले। युरो २००० मा फ्रान्सविरुद्धको सेमिफाइनलमा रेफ्रिमाथि दुर्व्यवहार गरेबापत उनीसँगै तीन खेलाडीले रातो कार्ड पाएका थिए। त्यही खेलको व्यवहारका कारण युइएफएले उनलाई ५ महिना प्रतिबन्ध लगायो।
प्रशिक्षकमा पनि उनी विवादमुक्त छैनन्। खेलाडीसँग झगडाका कारण बारम्बार चर्चामा आइरहने उनले २०११ मा रक्षक रिकार्डो कार्भाल्होलाई विवादास्पद ढंगले टिमबाट हटाएका थिए। कार्लोस क्विरेजले विश्वकप २०१० लगत्तै राजीनामा दिएपछि पोर्चुगाली टोलीको नेतृत्व सम्हालेका उनले लगत्तैको वर्ष घाइते भएको बहाना गरेर अभ्यास ठगेको भन्दै उनले जोस बोसिंग्वालाई पनि कारबाही गरेका थिए।

Post a Comment