म्यानचेष्टर डर्बी भिडन्त आज
चिरप्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई ११ अंकले पछि पार्दै म्यानचेष्टर युनाइटेडले गत सिजन इंग्लिस प्रिमियर लिग उपाधि जितेको थियो । तर, १२ महिनापछि अहिले अवस्था निकै फरक छ । सिटी उपाधि होडमा छ भने युनाइटेड शीर्ष चारमा पर्न संघर्षरत छ ।
यस्तोमा म्यानचेष्टर डर्बी भिडन्त आज हुँदैछ । खेल नेपाली समय अनुसार साढे १ बजे युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफडमा हुनेछ ।
पछिल्लो पाँच भेटमा चार खेल सिटीले जितेको छ । जसमा गत सेप्टेम्बरमा घरेलु मैदान इत्तेहादमा हात पारेको ४-१ को जित पनि छ । वल्र्ड ट्राफडमा भएको पछिल्लो दुई म्यानचेष्टर डर्बी सिटीले नै जितेको थियो ।
तर, समग्रमा भने युनाइटेड अगाडि छ । उसले ६९ खेल जितेको छ भने सिटीले ४७ खेलमा विजयी भएको छ । ५० खेल भने बराबरीमा सकिएको छ ।
आज जित हात पारे म्यानचेष्टर सिटीको उपाधि होड बलियो हुनेछ । हारले भने युनाइटेडको शीर्ष चारमा पर्ने आश कायमै रहनेछ ।
सिटी २८ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा छ । ३ खेल बढी खेलेका लिग लिडर चेल्सीको ६९ अंक छ र सिटीभन्दा ६ अंकले अगाडि छ । युनाइटेड भने ३० खेलबाट ५१ अंकका साथ सातौं स्थानमा छ ।

Post a Comment