प्रचण्डसँगै चुनाव लड्ने रे गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले आगामी चुनावमा आफू एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लडने इच्छुक रहेको खुलासा गर्नु भएको छ । प्रधान न्याधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेपछि थापाले यस्तो इच्छा व्यक्त गर्नुभएको हो । ‘पार्टीसँग मेरो माग यही रहेको छ । प्रचण्ड जहाँबाट चुनाव लड्नुहुन्छ, नेापली कांग्रेसले मलाई पनि त्यही क्षेत्रमा चुनाव लड्ने अनुमति देओस् भन्ने मेरो माग छ ।- नेता थापाले समाचार दाता सँग भन्नुभयो ।
तर, चुनावमा जानुअघि कांग्रेस नेतृत्वले रेग्मी सरकार गठनबारे कार्यकर्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन बाँकी रहेको थापाको गुनासो छ । यसका लागि तत्काल केन्द्रीय कार्यसमिति बोलाइनुपर्ने र महासमितिको बैठक डाकिनुपर्ने थापाले बताउनुभयो । ‘हामीले उठाएका विषयलाई केही पनि होइन भन्दै पन्साएर पार्टी नेतृत्व निर्वाचनमा जान खोज्छ भने यो सिंगै पार्टीका लागि पत्युत्पादक हुन्छ ।’
उहाँले भन्नुभयो-’अब निर्वाचनतर्फ जाने नै हो, तर योभन्दा पहिले बाबुराम सरकार हटेकोमा सामान्यरुपमा कार्यकर्ताहरू हर्षित भएपनि कांग्रेसभित्र गाउँ तहसम्म कार्यकर्ताहरुमा निराशा छाएको छ ।’ प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइसकेपछि कांग्रेसले शुरुदेखि उठाउँदै आएको लोकतन्त्रको मूल्य र मान्यतामा नेतृत्वले सम्झौता गर्यो भन्ने कार्यकताएलाई लागेको कांग्रेस नेता थापाले अनलाइनखबरलाई बताउनुभयो । ‘त्यसर्थ चुनावमा जानुभन्दा पहिले पार्टीभित्रका यी विषयलाई हल गरिनुपर्छ र पार्टी नेतृत्वले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’- थापाले भन्नुभयो ।

Post a Comment