यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ?
सदाझैं बिहानै मोवाइलको घण्टी बज्यो, पुरुष कमरेडको नम्बर रहेछ । मोबाइलबाटै मैले आफ्नो कोठामा आउने निम्तो गरें । वहाँ कोठामा आएपछि हाम्रो छलफल र भलाकुसरीकै क्रममा वहाँले हैन कमरेड यसरी एक्लै बस्न भएन बिहे गर्नुपर्यो, अलि बुझ्ने जीवनसाथी भयो भने जीवन जिउन र आन्दोलनमा हिँड्न सहज हुन्छ र सुख दुःख पनि साट्न सकिन्छ भन्नुभयो । मैले हाँस्दै भने -तपाईले त बिहे गरेर सहयोगै पाउनुभएको छ होला हैन ? उहाँले आफु सन्तुष्ट भएको स्वीकारोक्तिस्वरुप मुन्टो हल्लाउँदै राम्रो भएको छ भन्नुभयो ।
anjanaमैले थपें- तपाई त पुरुष मान्छे, बिहे गर्नेले पनि तपाईलाई सहयोग गर्ने मानसिकताले नै बिहे गर्छ र सामाजिक स्थान पनि पुरुषहरुको माथि नै छ, श्रीमान सेवक र श्रीमती सेविकाको रुपमा । त्यसैले पार्टी र आन्दोलनमा हिँडेपछि बेलुका कोठामा र्फकंदा ठीक्क समयमा खाना, व्यवस्थित कोठा, सरसफाई आदि हरेक काममा निरन्तर सहयोग त श्रीमतीले नै गर्नुहुन्छ । तर, मैले बिहे गरंे भने यो सब मैले आफैं गर्नुपर्छ । म त उल्टो दोहोरो मारमा पो पर्छु । कमसेकम अहिले यो झन्झट त मैले व्योर्हनुृ परेको छैन । यदि साथी सहयोगी नै परिहाले पनि अहिलेको हाम्रो सामाजिक स्थानले उसलाई -श्रीमानलाई) सजिलो हुँदैन । उ त झन् कुण्ठित हुन पुग्छ । त्यसैले यो उमेरमा दुःख नव्यहोरौं कि ? मैले यसोभन्दा उहाँ एकछिन मौन बस्नुभयो ।
व्यक्तिगत जस्तो लाग्ने माथिको संवाद उल्लेख गरेर मैले नेपाली समाजभित्र श्रीमान र श्रीमति बिचको सामाजिक स्तर र एक अर्कालाई सहयोग गर्ने व्यवहारिक समस्या कोट्याउन खोजेकी मात्र हो । यसभित्र अझ दुईवटा सहयोगी उदाहरण पेश गर्न चाहन्छु, जसले अझ महिला र पुरुषवीचको समाजिक स्तर र व्यवहार कहाँ छ भने बुझ्न मद्दत पुर्याउँछः
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको संविधानसभामा नेपालको इतिहासमा मात्र होइन, दक्षिण एशियामै पहिलोपल्ट ३३ प्रतिशत महिला सहभागी हुन पुगे । यो सहभागिताको मुख्य जस १० वर्षे महान जनयुद्ध ६५ वर्षे लामो क्रान्तिकारी महिला आन्दोलन, पटक-पटकका जनआन्दोलन र मधेश आन्दोलनलाई जान्छ । तात्कालीन माओवादीले ४० प्रतिशत महिला त्यतिबेला संसदमा पठाएका थिए । नेपाली महिलाहरु नीति निर्माणको थलोमा त पुगे, तर उनीहरुको सामाजिक-साँस्कृतिक रुपान्तरण भने हुन सकेन । जसको मारमा तिनै महिलाहरु परिरहेका छन् । हामीले अधिकांश महिला सभासद्को बिहानदेखि बेलुकासम्मको दिनचर्यालाई मसिनो गरी केलायौं भने पितृसतात्मक संस्कृतिभित्रको घरेलु उत्पीडनबाट सभासदहरु नै मुक्त भएको देखिँदैन ।
एउटा प्रसङ्गः हाम्रो पार्टी एकीकृत माओवादीका एकजना महिला सभासदले महिला संगठन र पार्टी कामको विषयमा छलफल गर्न निम्तो दिनुभयो । समय मिलाएर उहाँको कोठामा पुग्दा घरायसी कामकाजका कारण हामीले पर्याप्त कुरा गर्न सकेनौं । बालबच्चालाई तह लगाउँदा, भात भान्सा, चिया खाजाको व्यवस्था गर्दा नै उहाँको अधिकांश समय बित्यो । तर उहाँका श्रीमान मसँग विना एजेण्डा राजनैतिक गफ छाँटेर बसि नै राखे । बेला बेलामा उनले श्रीमतीलाई निर्देशन पनि दिँदै रहे । जवकि उनीचाँहि सभासद श्रीमतीका स्वकीय सचिव बनेका थिए । महिला कमरेड बेलाबेलामा लाचार हाँसो हाँस्दै ‘के गर्ने दिदी यस्तै छ’ भन्दै छोटो छलफलमा सहभागी हुनुभयो । यसबाट नीति निर्माण तहमा पुगेका महिलाहरु समेत घरेलु उत्पीडनको शिकार भएका छन् भन्ने प्रस्ट हुन्छ ।
कस्तो विडम्बना ! २१ औं शताब्दीमा आएर यहाँका महिलाहरुले एकातिर घर परिवारको दायित्व नै प्रमुख ठानेको देखियो भने अर्कोतिर पुरुषहरुको असहयोगी व्यवहार र घरेलु कामकाज श्रीमतीले नै गर्नुपर्ने पुरातन मानसिकता जवर्जस्त देखियो । त्यसैले त धेरै वर्ष पहिले समाजवादी नेतृ क्रुप्सकायाले “हामी महिलाहरु कसैकी श्रीमती, आमा, छोरी वा दिदी बहिनी हौंला तर हामी राजनैतिक कार्यकर्ता पनि हौं” भनेर प्रशिक्षण दिन बाध्य हुनुभएको थियो ।
अब अर्को उदाहरण । हाम्रो आन्दोलनभित्र लामै इतिहास बोकेका एक माओवादी जोडी छ । उनीहरु हाम्रो आन्दोलनभित्र सफल जोडी मानिन्छन् । हामी कहिलेकाँही ती महिला कमरेडको घरमा हुने छलफल/बैठकमा सहभागी हुँदा उनका श्रीमानले हामीलाई चिया नास्ता, खानालगायतका काममा आफै सहभागी भएर स्वागत गर्छन् र भन्छन्- आज महिला कमरेडहरुको छलफलमा सहयोग गर्ने सौभाग्य मिलेछ ।’ त्यस्तो भावना देख्दा मेरो हृदय नै आनन्दित भएर आउँछ । तर पार्टीभित्र सचेत भनिने पुरुषहरुले ती पुरुषकी श्रीमतीलाई घरमा शासन गर्ने, श्रीमानलाई अपमान गर्ने, सकसमा राख्ने जस्ता आरोपहरु लगाउने गर्दछन् । उनलाई श्रीमतीका सामु विरोध गर्न नसक्ने (गाउँका सासुले आफ्नो छोरालाई श्रीमतीको फरियामा लुक्ने) भनेजस्तो भाव प्रकट गर्छन् । जानी नजानी त्यो गलत आलोचना र प्रचारमा परेर महिलाहरु पनि श्रीमानलाई कँज्जाउने महिलाको रुपमा उनलाई आलोचना गर्न पुग्छन् । यहाँ प्रश्न उठ्छ, पुरुषले त विरोध गरे, तर महिलाले पनि किन त्यही महिला विरोधीहरुलाई साथ दिन पुगे ? यसको पनि बैज्ञानिक वस्तुगत कारण छ । उत्पीडित वर्ग, समूदाय र उत्पीडक वर्ग समुदायवीचको मनोविज्ञानलाई हेर्दा उत्पीडित वर्ग समूदायमा एउटा आत्मकेन्दि्रत व्यक्तिवादले जन्माएको ईष्र्याभाव हुन्छ, त्यो ईष्र्याभावले उत्पीडकहरुको संस्कृतिलाई पछ्याउन खोज्छ । यसलेगर्दा पितृसत्तात्मक संरचना विरुद्धको संस्कृति उनीहरुले पचाउन सक्दैनन् । त्यसैले महिलाहरु स्वतन्त्र र अधिकार सम्पन्न भएको पनि देख्न सक्दैनन् । त्यो मनोवृत्तिको समानता र स्वतन्त्रता दिन खोज्ने पुरुषप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुँदैन । आम नेपाली समाजमा पुरातन सासनका रुपमा व्याप्त छ । यसैलाई ढाल बनाएर कतिपय सचेत भनिएका, त कतिपय असचेत पुरातनवादी पुरुषहरु महिला अधिकारका विरोधी महिलाहरु नै हुन् भनेर पन्छन खोज्छन् ।
२१ औं शताब्दीमा हामी सचेत महिलाहरु यो भम्रमा पर्दैनौं । किनकि घेरै वर्ष पहिले वर्गसंघर्षको व्याख्या गर्ने क्रममा दार्शनिकहरुले “दास मनोवृत्ति दास मालिकमा भन्दा दासमा बढी हुन्छ” भनिसकेका छन् । यो विश्लेषण महिलाहरुको हकमा पनि लागु हुन्छ ।
१० वर्षे महान् जनयुद्धमा महिला सहभागिताको प्रश्नलाई लिएर क्रान्तिकारी र गैरक्रान्तिकारी वृत्तमा अहिले पनि सकारात्मक कोणबाट चर्चा चल्ने गर्छ । जनमुक्ति सेनामा ४० प्रतिशत महिला सहभागिता, पार्टी संगठनमा उल्लेख्य संख्यामा महिलाहरुको प्रवेश र विकास कसरी संभव भयो ? भन्ने विषय चर्चायोग्य छ । १० वर्षे महान् जनयुद्ध मालेमावादी दर्शन र राजनीतिबाट प्रेरित विशिष्ट फौजी अभियान थियो । त्यो अभियान विश्वलाई रुपान्तरण गर्दै नौलो जनवाद हुँदै समाजवाद निर्माण गरी साम्यवादी समाजको परिकल्पनासम्म लक्षित थियो । यो नितान्त स्थिर र निरन्तरताको राजनीतिक आन्दोलन थिएन । पुरानो सामाजिक, आर्थिक एवम सांस्कृतिक संरचनालाई जरैबाट उखाल्यो र नयाँ संरचना स्थापित गर्ने रुपान्तरणकारी युद्ध थियो । माओवादी जनयुद्धमा होमिएपछि निजी परिवार, सम्पत्ति, पुरानो धर्म संस्कृति र संस्कारहरुले त्यहाँ ठाउँ पाउँदैन थिए । वैचारिक एवम् सचेत नेतृत्वको अगुवाइमा सामन्तवादी तथा पितृसत्तात्मक संस्कार संस्कृतिबिरुद्ध धावा बोलिएको थियो । त्यसैले उत्पीडित महिलाहरुले विद्रोहको जोशमा महान् जनयुद्धमा होमिएर उत्पिडनको विरुद्ध वैकल्पिक मार्ग तय गरेका थिए । जनयुद्धमा छिरेपछि न त पुरानो कुहिएको संस्कार बोकेको परिवार सम्हाल्नु पर्ने, न त वाध्यतामा कसैको यौन दासी वा घरेलु दासी बन्नु पर्ने, न त आफनो भोक मेटाउन चार पैसामा शरीर बेच्नुपर्ने, मात्र विद्रोहकारी साहस अनि चेतनशील मस्तिष्क भए पुग्ने ।
सामुहिक बसाइँ, सामुहिक निर्णयअनुरुपको जिम्मेवारी सुख दुःखआदि सबै सामुहिकतामा थियो । महान् जनयुद्ध नेपाली महिलाहरुको पहिचान, स्वतन्त्रता र अधिकार प्राप्तिको आधारभूमि भएको थियो । माओवादी पार्टीले हजारौं संख्यामा महिला नेता कार्यकर्ता र सेना निर्माण गर्यो । त्यही महिला सहभागिताका कारण महान् जनयुद्धले गुणात्मक फड्को मार्यो । जनयुद्ध एक चरणको रणनीतिक कार्यदिशालाई सफल पार्ने तात्कालिन राजनीतिक फौजी कार्यदिशा थियो । यो निश्चित समयपछि सफल, अर्धसफल वा असफल कुनै न कुनै रुपमा टुंगिनु पर्दथ्यो । नेपालको सन्दर्भमा अलि फरक तरिकाले -पूर्ण विजय पनि होइन, हार पनि होइन) सम्झौता र सहमतिको बाटो भएर स्थगित भयो । अथवा, १२ बुँदे सम्झौताको बाटो हुँदै शान्ति प्रक्रियामा अवतरण भयो । यति बेला शान्ति प्रक्रिया स्थापना भएको सात वर्ष पुरा हुन नपाउँदै फेरी हाम्रो क्रान्तिकारी महिला आन्दोलन २० वर्ष पहिलेको समाजमा पछाडि र्फकन बाध्य भइरहेको छ ।
एकातिर महिला कार्यकर्ता पुरानो घरेलु महिलामा बाँधिनु पर्ने अर्कोतर्फ सिङ्गो पार्टीमा महिला कार्यकर्ताको विकास, रक्षा र व्यवस्थापनमा पार्टीले संस्थागत ढंगले योजना बनाउन सचेत पहल नगरेको स्थिति छ । आज पार्टीभित्र अर्काे महत्वपूर्ण र गम्भीर पाटो केही नेता र कार्यकर्ताको वर्ग उत्थान भई नेता कार्यकर्तावीच नै वर्गहरु देखा पर्न थालेका छन् । पार्टी संगठनभित्र निजी परिवार, सम्पत्ति र व्यक्तिवादी दृष्टिकोण पैदा भई आर्थिक अराजकताले इमान्दार तथा क्रान्तिकारी कमरेडहरु विशेषतः महिलाहरुलाई टिक्नै नसक्ने गरी प्रदुषित बनाइएको छ । आखिर जे भएपनि महिला कार्यकर्ताहरु पलायन भइराखेका छन् । के यसले क्रान्तिकारी आन्दोलनलाई क्षति पुर्याउँदैन ?
यस सन्र्दभमा क. लेनिनले भन्नु भएको रहेछ, “यदि हामीले सार्वजनिक क्रियाकलापमा -सेना र राजनीति जीवन) मा संलग्न गराउँदैनैा भने, यदि महिलाहरुलाई घर र भान्साको वातावरणबाट मुक्त गराइँदैन भने वास्तविक स्वतन्त्रता प्राप्त गर्न संभव हुन्छ ? समाजवादको त कुरा नगरे हुन्छ, केवल लोकतन्त्र निर्माण गर्न नै संभव हुदैन”
सामुहिक बसाइ
पार्टीभित्रका केही सकारात्मक सामुहिक बसाइहरुले महिलाहरुले राजनीतिक भूमिका कतिको निर्वाह गर्न सक्छन् भन्ने कुरा प्रष्ट पारिरहेको छ । वाइसिएल, मजदुर मोर्चा र कम्युन उन्मुख सामुहिक संस्थाहरु, दिवाकर वालग्राम, आधारशिला, जुनी कम्युन, अजम्वरी कम्युन, बलिदान कम्युनजस्ता सामुहिक बसाइमा क्रियाशील महिला कमरेडहरु अहिलेको परिस्थितिमा पनि पलायन भएका छैनन् । सामुहिक बसाइमा निजी घर, महिला र पुरुष वीचको चरम उत्पिडन महसुस हुँदैन । केही असमानता र असहज त हुन्छन् तर त्यसले छलफलको विषय बन्न पाउँछ । जनयुद्धकालका सामुहिक बसाइहरु (कम्युनहरु) संस्थागत निर्णयहरुले बाध्यात्मक स्थितिमा निर्माण भएका भए पनि तिनले तिव्र सांस्कृतिक रुपान्तरण गराइराखेका थिए । आज शान्ति प्रक्रियामा आएपछि पार्टीले त्यही उपलब्धिलाई समेत रक्षा गर्न सकिरहेको देखिँदैन ।
प्रेम र यौनबारे छलफलको अभाव
नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनमा विवाह, प्रेम र यौनको बारेमा त्यति धेरै बहस, छलफल र लेखहरु प्रकाशित भएको पाइँदैन । कहिले काँही प्रगतिशील (जनवादी भनिने) विवाहमा प्रेम प्रसङ्गहरु चर्चामा ल्याउने गरिन्छ । विशेषतः माक्र्सवादी समालोचक निनु चापागाँई जनवादी विहे हुनको लागि एउटा मापदण्ड विवाहि जोडीवीच प्रेम सम्बन्ध भएको हुनुपर्दछ होइन भने त्यसलाई जनवादी विहे भन्न मिल्दैन भन्नुहुन्छ । तर एकातर्फ हाम्रो आन्दोलनमा महिला र पुरुषविच सामान्य नजिकपन भयो भने पनि संगठनभित्र हल्ला चल्ने र ती जोडीहरुलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ । अर्कोतर्फ सामन्तवादी पितृसत्ताको मानसिकता बोकेको पुरुषले महिला कमरेडलाई व्यवहार गर्दा काम बासनाको आँखाले हेर्ने व्यवहारिक जटिलता छ । हाम्रै आन्दोलनमा पनि अधिकांश पुरुषहरुको यौन नैतिकतामा कमी देखिन्छ । जसले गर्दा महिलाहरु प्रेमको नाममा धोका व्यहोरिराखेका हुन्छन् । पार्टीभित्र प्रेम र यौनलाई हेर्ने हिन्दु ब्राहृम्णवादी संस्कृतिद्वारा निर्देशित सोच पनि हावी छ । त्यसैले त पार्टीभित्रका महिला र पुरुषवीचको स्वच्छ प्रेम सम्बन्ध छ भने पनि विवाह अगाडिको सम्बन्ध भनेर अनुशासनको डण्डा चलाएका उदाहरणहरु प्नि प्रशस्तै छन् । फेरि महिला र पुरुषवीचको सम्बन्धमा महिलाले धोका व्यहोर्नु पर्यो भने पनि त्यसको जानकारीसँगै धोका दिने र धोका पाउने दुवैले एकैखालको कारवाही पाउने गरेका उदाहरणहरु पनि कम छैन् ।
यत्रो असुरक्षाका बीच महिला कमरेडहरुले कसरी र किन प्रेम गर्दछन् ? अलि गंभिर भएर सोचौं त ? प्रेम र यौन सम्बन्ध स्थापित गरेवापत कारवाही भोग्ने कुरा र श्रीमानले छोडेका अथवा विधवा विहे गरेवापत उपाध्याय वाहुन जैसीमा झर्ने हिन्दुवणर्ाश्रमको नियममा के अन्तर छ ? प्रेमको नाउँमा कसैले छल गर्छ र सम्बन्ध स्थापित हुन्छ भन्ने विषय अनैतिकता हो । यस्ता अनैतिक व्यवहारको विरुद्ध सचेत गराउने र सचेत हुने विषय अलग हो र, यो गर्नु पनि पर्छ ।
हाम्रो आन्दोलनका कतिपय जोडीहरु विना राजीखुशी र खासै भेटघाटबिनै बिहे गर्छन् । विवाहको लगत्तै शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य हुन्छन् । त्यस्तो सम्बन्ध कति महिलाहरुको चाहना विपरीत पनि भइराखेको हुन्छ । के त्यस्ता पुरुषहरुलाई अनुशासनको कारवाही गर्ने नीति पार्टीले बनाउन सक्छ ?
‘लिभिङ टुगेदर’बारे किन बहस नगर्ने ?
अहिले हाम्रो आन्दोलनमा प्रेमको उत्कर्ष रुप विवाह हो भन्ने सोचाइरहेको छ, तर परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति नामक पुस्तकमा एंगेल्सले बिवाहलाई प्रेमको उत्कर्ष रुप भनेका छैनन् । उनले पितृसतात्मक व्यवस्था स्थापना गर्न र महिलाहरुलाई पुरुषप्रति एकनिष्ट रहन विवाहको संस्था जन्माइएको उल्लेख गरेका छन् । त्यसैले नैतिक सम्बन्ध र अनैतिक सम्बन्धको परिभाषा अब क्रान्तिकारी आन्दोलनले दिनुपर्छ । २१औं शताब्दीमा समाजमा विभिन्नखालको संस्कार र संस्कृति भित्रिएको छ । लिभिङ टुगेदर, सरोगेट मदर र कुमारी आमा भन्नेजस्ता विषयमा हामीले बहसको सुरुवात गर्ने कि नगर्ने ?
वास्तवमा संस्कृति र सांस्कृतिक रुपान्तरण के हो ? यसमाथि व्यापक छलफल हुन जरुरी छ । यो सानो लेख मार्फत सबै विषय उजागर गर्न सकिन्न । तर, छोटो भावमा भन्दा संस्कृति मानव जातिको श्रम र चेतनाद्वारा सृजित समाज विकासको निरन्तर प्रक्रिया हो । समाज रुपान्तरणसँगै संस्कृतिका रुप र सार परिवर्तन भैरहन्छन् । कविला युगको संस्कृति आज हामी समक्ष छैन । दास युग, सामन्तवादी समाज र पुँजीवादी समाज एवम् समाजवादी समाज यी सबैले आफ्नो युगको स्वार्थ अनुकूल नै संस्कृतिको निर्माण गर्छन् । अब सोचौं हामी कुन युगको प्रतिनिधित्व गर्ने संस्कृति निर्माण गर्न चाहान्छौं र गरिरहेका छौं ? यदि पुरानो पितृसतात्मक संस्कृति मास्नु छ र नयाँ निर्माण गर्नु छ भने हामीलाई नयाँ संस्कृति र रुपान्तरणको आवश्यकता छ ।
“थाहा” दर्शनका दार्शनिक रुपचन्द्र विष्टले महिलाहरुलाई सम्बोधन गर्दा समाजिक रुपान्तरणकारी नारीहरु भन्ने गर्दथे । किनकि रुपान्तरण महिलाबाटै हुन्छ र हुनुपर्छ किनकि समाजिक उत्पीडन महिलामाथि नै छ । त्यसैले उत्पीडनको अन्त्यको चाहना र जिम्मेवारी अन्ततः महिलामै हुन्छ । १० वर्षे जनयुद्धकालमाप्रचण्डले प्रतिक्रान्ति रोक्ने शक्ति महिलाहरु नै हुन भन्नुहुन्थ्यो कारण क्रान्ति र रुपान्तरण महिलाहरुको मुख्य आवश्यकता हो ।
(लेखिका पूर्वअन्तरिम विधायक तथा एमाओवादी नेतृ हुन् )

Post a Comment