आइतबारदेखि रत्नपार्कमा अनशन, चलचित्र संघ सती गएको ठहर

यसैबिच आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुले आइतबारदेखि नयाँ रणनीतिले अघी बढ्ने बताएका छन् । चलचित्र बिकास बोर्डमा रिले अनशनमा बसिरहेका चलचित्रकर्मीहरु आइतबारदेखि भने रत्नपार्क स्थित शान्तीबाटिकामा आमरण अनशनमा बस्ने भएका छन् । यस्तै आइतबारदेखी नै सुटिङ, पोष्ट प्रोडक्शन, रेकडिङ लगायतका सम्पुर्ण चलचित्र सम्वन्धी कार्यहरु बन्द गराउने आन्दोलनरत चलचित्रकर्मीहरुले बताएका छन् । तर तत्काल चलचित्रको प्रदर्शन रोक्ने कुनै योजना नरहेको आन्दोलनरत विभिन्न १२ संघसंस्थाले जनाएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले भने, ‘तत्काल प्रदर्शन रोक्न योजना छैन, तर परिआएको खण्डमा उक्त कदम पनि चालिनेछ ।
चलचित्र संघले आन्दोलनबाट हात झिकेको भोलीपल्ट विभिन्न ३ संस्थाले ऐक्यबद्धता जनाएका छन् । नेपाली संगीत निर्देशक संघ, गीतकार संघ नेपाल र प्रस्तोता/गायन समाज नेपालले आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
रेश २ चल्न नदिने
चलचित्र संघले रेश २ सिनेमा चलाउनकै लागि आन्दोलनबाट हात झिकेको निष्कर्षमा पुगेको राष्ट्रिय चलचित्र उद्योगको पक्षमा संयूक्त आन्दोलन संघर्ष समितीले उक्त सिनेमा कुनै पनि हालतमा चल्न नदिने बताएको छ । रेश २ को सेन्सर गरेर हलमा चलाएको खण्डमा हलमा तोडफोड हुन सक्ने चेतावनी संघर्ष समितीले दिएको छ । औपचारिक रुपमा कुनै घोषणा नगरेपनि संघर्ष समितीले रेश २ चल्न नदिने र चलेको खण्डमा जस्तो सुकै कदम पनि चाल्न सक्ने योजना बनाएको छ ।
अनशनमा चलेका अनुहारको साथ
चलचित्रकर्मीले सुरु गरेको आन्दोलनमा चलेका कलाकारले समेत साथ दिएका छन् । नायक राजेश हमाल सोमबार अनशन स्थलमा पुगेर आफ्नो समर्थन जनाएका थिए । यता चलचित्र क्षेत्रका चर्चित नायक तथा नायिकाहरु पनि रिले अनशनमा बसिरहेका छन् । नायक आयुष रिजाल, नायिका निशा अधिकारी, निरज बराल, पुजना स्त्रि लगायतका कलाकारहरु अनशनमा बसिसकेका छन् ।यसैबिच वुधबार नायक बिमलेश अधिकारी र नायिका वेनिशा हमाल, शुभेच्छा थाप पनि रिले अनशनमा बसेका छन् । साथमा महेश गोदार, पंकज राज केसी, किरण दाहाल अनशनमा बसेका छन् ।आन्दोलनमा राजनीतिक दलको समर्थन
चलचित्रकर्मीहरुको आन्दोलनमा राजनीतिक दलको समेत समर्थन मिल्न थालेको छ । नेकपा माओवादी निकट रहेको अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले एक विज्ञप्ती निकाल्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । आन्दोलनमा उठाइएका मागहरु पुरा नभएसम्म निरन्तर संघर्षशिल रहेको क्रान्तिकारी चलचित्रकर्मी संघका अध्यक्ष सविनकुमार तोलाङ्गीले विज्ञप्ती मार्फत जनाएका छन् ।
यस्तै नेपाली काग्रेसले पनि चलचित्रकर्मीहरुको मागप्रति ऐक्यबद्धता जनाएको छ ।
Post a Comment