मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना
जीन्दगीलाई सुखी र सम्पन्न बनाउने योजना बनाएर चार महिना अगाडि मात्रै मलेसिया आएका दोलखा जिल्ला च्यामा गाविस- ४ का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी जीवनबारे सोचिरहेका छन् ।
पुत्राजया अस्पतालको बेड न २२ मा दुबै खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।
आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।
नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।
मनमा जोश र जाँगर भएर पनि आर्थिक अवस्था कमजोर भएकाले जति नै संघर्ष गर्दा पनि सफलता भन्ने चिज उनको पोल्टामा कहिल्यै परेन । फलस्वरुप उनी चार महिना अगाडि मात्रै काठमाण्डौमा रहेको डिस्टिनेशन मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर मलेसिया आई पुचोङमा रहेको बसका पार्टपूर्जा निर्माण गर्ने कम्पनीमा काम गर्न थाले । नेपालमा मेन पावरले भनेजस्तो त कहाँ हुन्थ्यो र ? तै पनि उनले सन्तोष मानेर काम गरिरहे ।
तर, डिसेम्बर १० तारिखका दिन उनको जीवनमा ठूलो बज्रपात भयो । करिव १० बजेतिर उनका बंगालादेशी साथी फोकलिपमा सामान राखेर कतै लैजाँदै थिए । उनले पनि त्यसैमा लिफ्ट लिएर जाने बिचार गरे । तर, त्यसमा बस्दाबस्दै चलिरहेको फोकलिप ब्याक भयो र उनका दुबै खुट्टा च्यापिए । ‘म जोडले चिच्याएँ, साथीहरु दौडिँदै आउनुभयो । बोसलाई खबर गरेपछि मलाई अस्पताल लगिएछ’ गणेशले घटनाक्रम सुनाए-’ जतिबेला म होसमा आएँ, त्यतिबेला मेरा दुबै खुट्टा घुँडाबाटै काटिसकिएका रहेछन् ।’
उपचारका लागि कम्पनीले राम्रै सहयोग गरेको भए पनि सधैं उनलाई परिवारको चिन्ताले सताउन थालेको छ । ‘कम्पनीले तिमीलाई सहयोग गर्छ, चिन्ता नलेउ भनेको छ ।’ गणेशले भने-’तर मन त कहाँ मान्दोरहेछ र ।’ अस्पतालको शैय्यामा बसेर तीन छोरी, एक छोरा, श्रीमती र घरपरिवारलाई सम्झँदै उनले भने ।
सपाङग र सकुशल शीरर लिएर विदेशिएका गणेश अब अपाङ्ग शरीर लिएर नेपाल र्फकनेछन् । राज्यले विदेशमा अपाङ भएकाहरुलाई स्वदेश फर्किएपछि केही उद्यम गर्नका लागि विनाधितो सहयोग गर्नुपर्ने उनको धारणा छ । सधैं साथीभाइहरुको भलो चिताउने सहयोगी गणेश अहिले अस्पतालबाटै यस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ।

Post a Comment