मैनालीले जापान सरकारसँग ६ करोड ९० लाख क्षतिपूर्ति मागे

बिना कसुर थुनिएका नागरिकलाई दैनिक १ हजारदेखि १२ हजार ५ सयसम्म क्षतिपूर्ति पाउने जापानी कानुनमा ब्यबस्था रहेको छ । जसअनुसार उनले अधिकतम क्षतिपूर्ति दावी गरेको जापान टाइम्सले जनाएको छ । उनले आफुलाई दिइएको मानसिक यातना र आफ्नो बेइज्यती गरेको अभियोगमा क्षतिपूर्तिको दावी गर्दै अर्को मुद्दा दायर गर्नसक्ने समाचारमा उल्लेख छ ।
सन् १९९७ मा एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा मैनाली जेल परेका थिए । सन् २०१२ मा भएको अन्तिम सुनुवाईमा उनी निर्दोष ठहरिएपछि जापान सरकारले मैनालीसँग माफी मागेको थियो । उनी अहिले रिहा भएपछि नेपालमै परिवारसँग रहेका छन् ।मैनाली परिवारले भने वकिलसँग छलफल चलिरहेको भन्दै क्षतिपूर्ति दावी गरिएको रकमबारे खुलाएन चाहेन् । उनकी पत्नी राधाले भनिन- हाम्रो कुरा चलिरहेको छ, टुंगो लागेपछि मात्र बताउने छौं ।’ बिना कसुर लामो समय बिदेशी जेलमा बस्न बिबस मैनाली यतिखेर किताव लेख्ने तयारीमा छन् । क्षतिपूर्तिको रकम पाएपछि उनले आफुजस्तै बिदेशी जेलमा बिनाकसुर बस्न बाध्य नेपालीहरुको हितमा काम गर्ने इच्छासमेत देखाएका छन् । अहिले पनि सयौंको संख्यामा मलेसिया तथा खाडी मुलुकमा नेपालीहरु बिभिन्न अभियोगमा जेलमा बस्न बाध्य छन् । - onlinekhabar
Post a Comment