Header Ads

एमालेले हामीलाई रुख चढाएर फेद काट्यो : प्रचण्ड

काभ्रे, कात्तिक १३ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीका त्यागका कारण संविधान सभाको निर्वाचन हुन लागेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादी काभ्रे क्षेत्र नं ४ को चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाओवादीको त्यागका कारण आगामी संविधान सभाको निर्वाचन सम्भव भएको र यो संविधानसभा अन्तिम भएको जानकारी दिनुभयो । ‘

यो हाम्रो पार्टीले देखाएको त्याग हो, अब पटक पटक संविधान सभाको चुनाव हुन सक्दैन’ प्रचण्डले भन्नुभयो । प्रचण्डले पृथ्वीनारायण साहले एकिकरण गरेको देश आफ्नो नेतृत्वमा संघियतामा लैजाने बताउनुभयो । उहाँले एकिकृत माओवादीलाई बहुमत दिएर आफुलाई सघाउन अनुरोध समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले संविधान सभा नचाहेको कारण प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन गरेर भएपनि निर्वाचन गराउन सक्षम बाबुराम भट्टराई सरकार छोडेको जिकिर गर्नुभयो ।

 एमालेले आफूहरुलाई रुख चढाएर फेद काट्ने काम गरेको र काँग्रेस बहुमत थेग्न नसकेर आफनै रुखले किचेर घाइते भएको अध्यक्ष दाहालको कथन थियो । दाहाल कार्यक्रमलाई संवोधन गर्न आउने भनेपछि नेकपा–माओवादीले विभिन्न ठाँउमा रुख ढालेर र सडकमा मोबिल पोखाएर राखेपछि अध्यक्ष दाहाल हेलिकप्टरमार्फत कार्यक्रममा आईपुग्नुभएको थियो ।

No comments

Powered by Blogger.