कसरी फैलियो हनी सिंहको निधनको खबर ?
‘लुङ्गी डान्स’ गीतको कोरियोग्राफी गरेपछि
 गायक हनी सिंहको चर्चा बलिउडमा मात्र नभई विश्वमै भयो । हनी सिंह आइटम 
नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै हनी सिंहको निधनको खबरले बलिउड 
बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको निधन भएको भन्दै सामाजिक 
संजालमा खुबै चर्चा भयो ।
तर उनै चर्चित र्यापरले दुबइमा मस्ती 
गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको 
निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहको नै थियो ।
तर एक गीतको भिडियोमा हनीलाई यस्तो रुपमा 
देखिने छ । ‘बि्रंग मी बैंक’ बोलको गीतमा हनी सिंह यस्तो अवतारमा देखिने 
छन् । जुन तस्बिरलाई आधार बनाएर उनको निधनको हल्ला फैलाइएको थियो ।

Post a Comment