पारस अस्पतालबाट डिस्चार्ज
१५ चैत, काठमाडौं । हृदयघात भएपछि  बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज  भएका छन् । पारसलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।
उनी तत्काल नेपाल भने आउने छैनन ।  अस्पतालकै निगरानीमा रहनेछन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पारस पत्नी  हिमानी भने आगामी साता नेपाल र्फकने कार्यक्रम रहेको छ ।

Post a Comment