साइबर क्राइमका घटनाको अबस्ता चिन्ताजनक
केहि समय यता नेपालमा सामाजिक सञ्जालमार्फत हुने आपराधिक घटना बढ्न थालेको छ ।  फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत डर, त्रास र धम्की दिएको भन्दै उजुरी पर्ने क्रम  महानगरीय प्रहरी परिसर काठमाडौमा बढेको छ ।   यस्ता उजुरी अघिल्लो वर्षभन्दा दोब्बरले बढेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार इमेल, वेब एसएमएस, कप्युटर ह्याक गरेर गैरकानुनी काम गर्नेहरु बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज र अश्लिल शब्द प्रयोग गर्ने गर्नेको संख्या धेरै देखिएको छ ।  यसवर्ष फेसबुकसंग सम्बन्धित ३२ वटा उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै इमेल मार्फत ५ तथा कम्प्यूटर ह्याक, वेब एसएमएस मार्फत धम्की दिएकोबारे २  वटा उजुरी परेका छन् ।  यस्ता प्रविधि मार्फत आपराधिक क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ ।  फेसबुकमा गाली गलौज तथा अश्लिल शब्द प्रयोग गर्नेलाई २ देखि ४ वर्ष सम्मको जेल सजायँ हुन्छ ।  -उजाला नेटवर्क 
Post a Comment