जमर्नी फाइनलमा, शर्मनाक हारसँगै बाहिरियो ब्राजिल
असार २५ – आफ्नो स्टार खेलाडी नेयमार र कप्तान थियागो सिल्भा बिना मैदानमा उत्रेको ब्राजिलले खेलको शुरुवातमा लय पक्रन नसक्दा हार बेहोर्नु पुग्यो । ब्राजिलको कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको ११ औं मिनेटमा थोमस मुलरले जमर्नीका लागि पहिलो गोल गरे । यस गोलसँगै उनले आफ्नो गोलको संख्या यस विश्वकपमा ५ पुर्याएका छन् । त्यसपछि मिरोस्लोभ क्लोसले गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाए । त्यसपछि दुई मिनेटको अन्तरालमा टोनी क्रुसले दुई गोल थपे । त्यसको लगत्तै सामी खडिराले अर्को गोल थप्दै जमर्नीलाई पाँच गोलको अग्रता दिलाए । जमर्नीले ६ मिनेटको अन्तरमा ५ गोल गरेको थियो ।
खेलमो दोस्रो हाफमा ब्राजिलले सुध्रिएको प्रदर्शन गरेको थियो । जमर्नीको पोस्टमा धेरै पटक प्रहार गरेपनि एकपछि अर्को प्रयास जमर्नीका गोल किपर म्यानुअल नुयरले बचाएका थिए । खेलको दोस्रो हाफमा मैदान छिरेका आन्द्रे सर्लेले दुई गोल थप्दै ब्राजिलको घाउमा झन् नुन छर्केका थिए । खेलको अन्त्यमा ओस्करले ब्राजिलका लागि सान्तवना गोल गरे ।
अब जमर्नीको भिडन्त फाइनलमा नेदरल्याण्ड र अर्जेन्टिना बीचको विजेताबीच हुनेछ ।
बेला होरिजोन्टे, सन् २०१४ को विश्वकपमा अहिलेसम्मकै ठूलो गोल अन्तरले पराजित हुँदै ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा रोकिएको छ । जमर्नीसँग ७–१ गोलको भारी अन्तरले ब्राजिल पराजित भएको छ । विश्वकपको इतिहासमा ब्राजिलको यो सबैभन्दा ठूलो पराजय हो ।

Post a Comment