Header Ads

कामदारको राहदानीमा एक देशको मात्र भिसा हुने

वैदेशिक रोजगार विभागले बिदेसिने नेपाली कामदारको राहदानीमा एक देशको मात्र भिसा वैध रहने व्यवस्था गर्ने भएको छ । एक मुलुकका लागि श्रम स्वीकृति लिई अर्को मुलुक जाने क्रम बढेको भन्दै विभागले एउटा देशको भिसा रद्द गर्ने व्यवस्था गर्न लागेको हो ।
नेपाली कामदारको राहदानीमा दुई देशको भिसा स्ट्याम्पिङ देखिए पहिलोपटक जारी भएको देशको भिसा रद्द गरेरमात्र अन्तिम श्रम स्वीकृति दिइने विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगार व्यवसायी संघसँग छलफल गरी भिसा रद्द गरिनेछ ।

विभागका महानिर्देशक विनोद केसीले नेपाली कामदारको राहदानीमा दुई देशको म्याद भएको भिसा पाइए एक देशको रद्द गरेरमात्र श्रम स्वीकृति दिइने जानकारी दिए । ‘हामीले एउटा देशका लागि अन्तिम श्रम स्वीकृति दिएका हुन्छौं तर दुईव्टा देशको भिसा रहेका कामदार श्रम स्वीकृति पाएको भन्दा फरक मुलुकमा गएको जानकारी आएको छ,’ उनले भने, ‘भिसा भएपछि अन्य मुलुक सजिलै प्रवेश हुन्छ, त्यसलाई रोक्नका लागि एउटा भिसा रद्द गर्न लागिएको हो,’ कारोबार दैनिकमा खबर छ ।

No comments

Powered by Blogger.